सिरहाको लहान नगरपालिका–१ स्थित सडक दुर्घटनामा दुईको मृत्यु



हाम्रो इकोनोमि

 

पूर्व पश्चिम राजमार्गअन्तर्गत सिरहाको लहान नगरपालिका–१ स्थित सडकमा पिकअप भ्यानले मोटरसाइकललाई गए राति ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

मे१च ४१७२ नम्बरको पिकअप भ्यानले स८प ९६४२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा सिरहाको लहान नगरपालिकास्थित गोविन्दपुर निवासी १९ वर्षीय दुधनाथ यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै सप्तरीको छिन्नमस्ता गाउँपालिका–३ स्थित सडकमा को२५प ४३८१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक सोही गाउँपालिका–२ निवासी ३५ वर्षीय अशोक झाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सो दुर्घटनामा परी गम्भीर घाइते भएका झाको राजविराजस्थित गजेन्द्रनारायण सगरमाथा अञ्चल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
चुनाव परिणाम अस्वभाविक र जादुमय : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै भएको निर्वाचनको परिणा अस्वभाविक,...

कांग्रेस, एमाले र नेकपा संसद्को एउटै बेञ्चमा

    गत २१ फागुनमा भएको निर्वाचनपछि पहिलोपटक प्रतिनिधिसभा बैठक बसेको छ ।...

नवनिर्वाचित सांसदहरूले लिए शपथ

     प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले शपथ ग्रहण गरेका छन् । सिंहदरबारस्थित संसद्को अस्थायी...

कार्की आयोगको प्रतिवेदन सार्वजनिक नगरी दलहरूले चुनावमा भाग लिनु कमजोरी थियो

    नेपालको राजनीतिक इतिहासमा आन्दोलनले लोकतन्त्र स्थापना र अधिकार सुनिश्चित गर्ने महत्वपूर्ण...