आजबाट एनसेलको आकर्षक अफर, डेटामा भारी छुटसहित लिनुस् यस्तो सुविधा



हाम्रो इकोनोमि

 

एनसेल प्राइभेट लिमिटेडले मंगलबार (आज) देखि आकर्षक अफर सार्वजनिक गरेको छ । एनसेलले संविधान दिवसको अवसरमा आफ्ना ग्राहकलाई यो अफर दिएको हो ।

ग्राहकले नयाँ अफरमा आकर्षक छुटसहितको दरमा माइ फाइभ र आइफ्लिक्स सेवा प्रयोग गर्न सक्ने छन् । एनसेलका ग्राहकले मंगलबारबाट यो अफरको लाभ लिन सक्नेछन्। यो अफर १५ दिनसम्म रहने छ ।

यस विशेष योजनाअन्र्तगत एनसेलका सबै प्रिपेड ग्राहकले ५ रुपैयाँ (कर बाहेक) मा माइफाइभ सेवा सुचारु गरी एनसेलका पाँचवटा आत्मीय (माइफाइभ) नम्बरमा मात्र ५० पैसा (करबाहेक) प्रति मिनेटको दरमा कुरा गर्न सक्ने छन् ।

विद्यमान शुल्कमा माइफाइभ सेवा सुचालु गर्न प्रतिमहिना कर बाहेक २० रुपैयाँ र माइफाइभ नम्बरमा कुरा गर्न प्रतिमिनेट ९९ पैसा (कर बाहेक) लाग्ने जनाइएको छ । एनसेलका प्रिपेड ग्राहकले एस्ट्रिक्स ५५८८ ह्यास डायल गरी अफरअन्तर्गत एक महिनाका लागि माइफाइभ सेवा सुचालु गर्न सकिने छ ।

प्रत्येक महिना स्वतः नविकरण हुने गरी माइफाइभ सेवा लिन चाहने ग्राहकले एस्ट्रिक्स ५५९९ ह्यास डायल गरी यो सेवा सुचारु गर्न सक्ने छन् । पाँचवटा नम्बर माइफाइभ सर्कलमा राखिसकेपछि नम्बर परिवर्तन गर्दा प्रत्येक नम्बर परिर्वतनको कर बाहेक ५ रुपैयाँ शुल्क लाग्ने छ ।

संविधान दिवसको अवसरमा आएको नयाँ अफरमा एनसेलले आफ्ना ग्राहकका लागि सुलभ दरमा भिडियो कन्टेन्टमा पहुँच सुनिश्चित गर्न आइफ्लिक्सको डेटा शुल्कमा पनि भारी छुट प्रदान गरेको छ । यस अन्र्तगत ग्राहकले अब आइफ्लिक्स विभिन्न चार प्रकारका डेटा प्याकमध्ये कुनै पनि प्याक कर बाहेक मात्र १० रुपैयाँमा सुचालु गर्न सक्ने छन् ।

विद्यमान शुल्क अनुसार, यी चार डेटा प्याक एक घण्टाको आइफ्लिक्स डेटा प्याक (वान टाइम), एक घण्टाको आइफ्लिक्स डेटा प्याक (रिकरिङ्ग), अनलिमिटेड नाइट आइफ्लिक्स डेटा प्याक (वान टाइम) र अनलिमिटेड नाइट आइफ्लिक्स डेटा प्याक (रिकरिङ्ग) को दर कर बाहेक ४४ रुपैयाँ २५ पैसा रहेको छ ।

एनसेलका ग्राहकले अब आइफ्लिक्सका यी डेटा प्याक मात्र १० रुपैयाँ (कर बाहेक) मा प्रयोग गर्दै यसमा रहेको बृहत भिडियो कन्टेन्टको मनोरञ्जन लिन सक्ने छन् ।

आइफ्लिक्स एक इन्टरनेट टीभी सेवा हो जसको बृहत अनलाइन लाइब्रेरीबाट प्रयोगकर्ताले चर्चित तथा आफूलाई मनपर्ने सिनेमा, टीभी शो तथा अन्य धेरै कन्टेन्ट अनलाइन हेर्न तथा डाउनलोड गर्न सक्छन् ।

यस योजनाले ग्राहकलाई सुलभ दरमा आफ्ना साथीभाइ तथा परिवारसँग सम्पर्कमा रहिरहन र सूचना, जानकारी हासिल गर्न तथा मनोरञ्जनका लागि भिडियो कन्टेन्टको पहुँचलाई सुनिश्चित गर्ने विश्वास एनसेलको छ ।

प्रतिक्रिया दिनुहोस
सरकारको विरोध गर्दा गोली हान्ने धम्की आयो : ऐन महर

    प्रतिपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले गुण र दोषको...

सर्वोच्चद्वारा सरकारको एकद्वार विज्ञापन नीति खारेज

    सरकारी विज्ञापन प्रकाशनका लागि सरकारले लागू गरेको एकद्वारा प्रणालीको निर्णय सर्वोच्च...

शाही निरंकुशतासँग नझुकेको प्रेस दुई-चारवटा गाडी तेर्स्याएर तर्सिन्छ : रास्वपा सचेतक

    सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सचेतक प्रकाशचन्द्र परियारले सत्यसँग डराउनेहरूले प्रेसमाथि आक्रमण...

श्री ८ वालेन्द्र शाहलाई प्रश्न गर्न पाइँदैन : निश्कल राई

    नेपाली कांग्रेस संसदीय दलका सचेतक निश्कल राईले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)...