विप्लव माओवादीका रोल्पा सेक्रेटरी पक्राउ, वार्तामा पनि बोलाउँदै पक्राउ पनि गर्दै सरकार



हाम्रो इकोनोमि

 

सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई वार्तामा बोलाउनुका साथै कार्यकर्ता धरपकडलाई पनि जारी राखेको छ ।

प्रहरीले विप्लव माओवादीका रोल्पा जिल्ला सेक्रेटरी सन्तोष सुवेदी ‘प्रयास’ लाई पनि पक्राउ गरेको छ । सेक्रेटरी प्रयासलाई रोल्पा नगरपालिका–१० धवाङबाट प्रहरीले सोमबार बेलुका पक्राउ गरेको हो ।

पक्राउ परेका प्रयासलाई जिल्ला प्रहरी कार्यालय लिबाङ ल्याइएको रोल्पा प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक दिपक खडकाले जानकारी दिएका छन् । गाउँमा लुकिछिपी बसेको अवस्थामा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

नेकपाका कार्यकर्ताले भने गाउँमा जनजागरण अभियानमा रहेका नेता प्रयासलाई पक्राउ गरेको जनाएका छन् । केहि समय अगाडि नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ पक्राउ परेपछि प्रयासलगायत नेता सदरमुकाम लिबाङबाट गाउँतिर गएका थिए ।

नेता प्रयासलाई केहि दिन अगाडि रोल्पाकै गंगादेव गाउँपालिकामा स्थानीय युवालाई कुटपिट गरेको आरोपमा पक्राउ गरिएको रोल्पा प्रहरी प्रमुख डिएसपी खड्काले बताएका छन् । उनका अनुसार संघीय र प्रदेश चुनावताकाको विष्फोटनका घटनामा संलग्न रहेको आरोप पनि छ । चुनावका बेला जिल्लाका दर्जनौ स्थानमा विष्फोट भएका थिए ।

चुनावी अवधिमा सेक्रेटरी प्रयासलगायतका नेतालाई प्रहरी हिरासतमै राखिएको थियो । उनलाई मंगलबार नै अदालतमा उपस्थित गराइने जनाइएको छ । रोल्पा विप्लव माओवादीको गढकै रुपमा चिनिने गर्छ ।

प्रतिक्रिया दिनुहोस
इरानी सेनाका प्रवक्ता अली मोहम्मद मारिए

  इरानको राष्ट्रिय सेना इस्लामिक रिभोल्युशनरी गार्डका प्रवक्ता जनरल अलि मोहम्मद नाइनी मारिएका...

लुम्बिनीका विभिन्न ठाउँमा हावाहुरीको वितण्डा, दिउँसै अँध्यारो

     बुटवलसहित लुम्बिनी प्रदेशका ठूला हावाहुरी चलेको छ । मौसम विज्ञान विभागका...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा गगन अनुपस्थित

    नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरू भएको छ । उपसभापति विश्वप्रकाश...

कुवेतको तेल प्रशोधन केन्द्रमा इरानले गर्‍यो ड्रोन आक्रमण

    मध्यपूर्वमा जारी अमेरिका–इजरायल र इरान बीचको युद्ध तेस्रो हप्तामा प्रवेश गरिरहँदा...