भारतीय सेनापतिको भनाईप्रति नेता भट्टराईको कडा प्रतिवाद, नेपालको बारेमा भन्दापनि आफ्नै देशको र आफ्नो बारेमा चिन्ता गर्नुस



 

नेपाल कम्युनिस्ट पार्टीका नेता एवं प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले भारतीय सेना प्रमुख विपिन रावतको भनाइको प्रतिवाद गर्दै जवाफ दिएका छन् । भारतीय सेना प्रमुख रावतले नेपाल भारततर्फ नझुकी सुखै छैन भनेर दिएको अभिव्यक्तिको चर्को ढंगले प्रतिवाद गर्नुभएको हो ।

 

सम्भवत उनै पहिलो नेता हुन्, जसले सो भनाईको पहिलो खण्डन वा प्रतिवाद गरेका छन् । सोमबार राति एक ट्विट गर्दै भट्टराईले नेपालले विगतमा जे जस्तो गल्ती गरेको भएपनि अबका दिनमा त्यस्तो गल्ती नहुने लेख्नु भएको छ। नेपाल चीनतिर ढल्किएको भन्ने भारतीय सेना प्रमुखको भनाइको पनि सांसद भट्टराईले जवाफ दिनुभएको हो ।

 

उहाले नेपाल आफ्नै स्थानमा रहने र भारत तथा चीन कतैतिर पनि नढल्किने लेख्नु भएको छ ।उहाले भारतीय सेना प्रमुख रावतलाई नेपालको बारेमा भन्दापनि आफ्नै देशको र आफ्नो बारेमा चिन्ता गर्न सुझाव दिनु भएको छ ।

 

उहाले लेख्नु भएको छ, ‘भारतीय सेनापती बिपिन रावतजी, नेपाल हिजो भारत तिर ढल्कियो त्यो गल्ती थियो, अब तेता तिर ढल्किदैन, यो पनि ढुक्क हुनुहोस् कि यो देश चीन तिर पनि ढल्किदैन । आफू र आफ्नो देशको बारेमा चिन्ता लिनुहोस्, नेपालको बारेमा चिन्ता गर्न हामीनै प्रयाप्त छौ ।

 

’ भारतीय सेना प्रमुख रावतले बिम्स्टेक सैनिक अभ्यासको समापन कार्यक्रममा पत्रकारहरूलाई प्रतिक्रिया दिँदै नेपाल र भुटान भारतसँग नझुकी सुखै नभएको बताएका थिए। जसको नेपालमा राजनीतिक तथा नागरिक तहमा व्यापक विरोध भइरहेको छ।

 

सात करोड खर्च गरेर यसरी स्वरुप फेरिदैछ जानकी मन्दिरको

ऐतिहासिक धार्मिकस्थल जनकपुरधामस्थित जानकी मन्दिरलाई सौन्दर्यकरण गर्ने तयारी गरिएको छ । ७ करोड रुपैया खर्च गरेर यसलाई थप सौन्दर्यकरण गरिने भएको छ । जसका लागि प्रदेश—२ को सरकारले मुख्यमन्त्री स्वच्छता अभियान कार्यक्रम अन्तर्गत जानकी मन्दिर परिसरमा पर्यटकीय आकर्षणका लागि ७ करोड रुपमा खर्च प्रदान गर्ने भएको छ ।

t:jL/ SofK;g
hgsk’/sf] k|l;4 hfgsLdlGb/ ;+/If0f ;f}Gbo{s/0fsf nflu lgdf{0f ug{ nfluPsf] gS;f
t:jL/ M zfxLdfg /fO{

जसबाट मन्दिरको भौतिक संरचना निर्माण गरिने मुख्यमन्त्री कार्यालयले जनाएको छ । विश्व सम्पदा सूचीमा सूचीकृत हुने प्रतिक्षामा रहेको प्रसिद्ध धार्मिकस्थल जानकी मन्दिर परिसरमा स्वच्छ, सुन्दर, रमणीय स्थलहरुको निर्माण, सरसफाइ, बगैंचा निर्माण गरी हरियाली बनाउने मुख्यमन्त्री कार्यालयले जनाएको छ ।

 

मुख्यमन्त्री लालबाबु राउतले दक्षिण एसियाका हिन्दूहरुको आस्थाको केन्द्र, पवित्र धार्मिकस्थल जनकपुरधामलाई ऐतिहासिक, धार्मिक र सांस्कृतिक सम्पदाको रुपमा विश्वभर चिनाउन मुख्यमन्त्री स्वच्छता अभियान अन्तर्गत जानकी मन्दिर सौन्दर्यकरण परियोजना शुरु गरेको मुख्यमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

 

हरेक वर्ष लाखौंको संख्यामा दर्शनार्थी, श्रद्धालु भक्तजनहरु जानकी मन्दिरमा पूजाआजा गर्न आउने गरेकाले थप व्यावस्थापन गर्न लागेको मुख्यमन्त्री राउतको प्रेस संयोजक आतिश मिश्रले बताउनुभयो ।

 

उहाँका अनुसार मन्दिर परिसरमा चारैतीर ग्रेनाइट लगाउने र रङ्गीचङ्गी बनाउनका लागि लागत स्टमेट समेत तयार भइसकेको छ । ‘मन्दिरभित्र र बाहिर निकै आकर्षणयुक्त बनाउने योजना छ, जानकी मन्दिर सौन्दर्यकरण गर्न मुख्यमन्त्रीको मूख्य चासो छ, प्रेस संयोजक मिश्रले भन्नुभयो, ‘मन्दिर प्रवेशलाई थप व्यावस्थित बनाइ नयाा गेट निर्माण गरिने छ ।’

 

जानकी मन्दिर परिसरमा आकर्षक भौतिक संरचना निर्माणका लागि मन्दिर व्यवस्थापन समितिसँग सम्झौता भइसकेको छ ।

 

मुख्यमन्त्री स्वच्छता अभियानको पहिलो चरणमा ७ करोड रुपौयाँ लगानीमा भौतिक संरचना निर्माण गरेपछि विश्वभरका पर्यटकलाई कम्तिमा एकपटक जनकपुरधाम आउने वातावरण सिर्जना गर्ने लक्ष्य रहेको मुख्यमन्त्रीको निजी सचिवालयले जनाएको छ । मन्दिरको भौतिक संरचना निर्माण र व्यवस्थापनको लागि केही दिनभित्रै टेण्डर प्रक्रिया शुरु हुने प्रेस संयोजक मिश्रले बताउनुभयो ।

 

यसअघि गैर आवाशीय नेपाली संघ एनआरएनले जानकी मन्दिरलाई उज्यालोयुक्त बनाउन लाइटिङ सिस्टमको लागि ३ करोड ५० लाख रुपैयाँ लगानी गर्ने मन्दिर व्यावस्थापनसँग सम्झौता गरी काम सुरु गरिससकेको छ । एनआरएनले मन्दिरभित्र चारैतीर अत्याधुनिक बत्ती जडान गर्न लागेको छ ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्