अमेरिकाले लगायो चिनियाँ वस्तुमाथि अहिलेसम्मकै धेरै कर, अझै बढने ट्रम्पको चेतावनी



हाम्रो इकोनोमि

 

 अमेरिका र चीनबीच व्यापारिक द्धन्द्ध अझ बढी चर्किएको छ। अमेरिकाले चिनियाँ वस्तुमाथि अहिलेसम्मकै धेरै नयाँ अतिरिक्त कर लगाएसंगै व्यापारिक युद्धलाई तीब्र पारेको हो।

 

नयाँं अतिरिक्त कर २ सय विलियन डलर रकमको रहेको छ। चीनले निर्यात गर्ने ६ हजार वस्तुमा नयाँ अतिरिक्त कर लागू हुनेछ।

यस्ता वस्तुमा हाते व्याग, चामल, टेक्सटायल, स्मार्ट घडी लगायतका छन् ।

नयाँ कर सेप्टेम्बर २४ तारिखबाट लागु हुने जनाइएको छ ।

 

के गर्छ चीनले ? 
चीन पनि बिस्तारै अमेरिकाको विरोधमा जान थालिसकेको छ। अमेरिकाको हालीमुहाली बढेको चीनलाई कत्ति पनि चित्त बुझेको छैन। बेइजिङले चिनियाँ बस्तुमाथि अमेरिकाले लगाउने नयाँ करको जवाफ दिने जनाएको छ ।

 

यो जबाफ कस्तो हुन्छ भनेर अहिलेसम्म चीनले खुलासा गरिसकेको छैन। अमेरिकाले रुसमा भएको अहिलेसम्मकै ठूलो सैन्य अभ्यासमा चीन पनि सहभागी भएपछि चीनमाथि आक्रोश पोखेको बताउन थालिएको छ।

 

के भन्छन् ट्रम्प ?
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प थप आक्रामक छन्। उनी धैर्य गर्न जान्दैनन्। उनले भनेका छन् –चीनको गलत व्यापारिक अभ्यास विरुद्ध नयाँ कर लगाइएको हो।

 

अमेरिकामा धेरैजसो सामग्री चीनबाटै जाने गरेको छ। तर अहिले आएर गलत व्यापारिक अभ्यास के हो भनेर उनले खुलाएका छैनन्। तर चीनले जवाफ फर्कायो भने झन् बढी कर लगाउने चेतावनी दिइसकेका छन्।

 

ट्रम्पले आफ्नो निर्णयको जवाफ दिए उमाथि २६७ विलियन डलरको नयाँ अतिरिक्त कर लगाउने धम्की दिएका छन्।

प्रतिक्रिया दिनुहोस
कुन प्रदेशबाट कति छन रास्वपाका महाधिवेशन प्रतिनिधि

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पार्टीको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक...

एमाले उपाध्यक्ष पौडेललाई काठमाडौं ल्याइयो

    सुर्खेतबाट पक्राउ परेका नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई काठमाडौं ल्याइएको छ...

एमाले पुनर्गठन हुन्छ, सबै अटाउँछन् : योगेश भट्टराई

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले नेकपा एमाले पुगर्नठनको बाटोमा रहेको र...

गगन थापा रास्वपा महाधिवेशनमा जाने

    कांग्रेस सभापति गगन थापा रास्वपाको पहिलो महाधिवेशन उदघाटन सत्रमा सहभागी हुने...