प्रहरीमा गृहसचिवको ठाडो हस्तक्षेप, बद्ननाम गृहमन्त्रीको
केही दिन अघि गृहसचिवको ठाडो निर्देशनमा महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) भेषराज रिजाललाई रातारात काज सरुवा गरियो ।
तीन महिना अघि मात्र सरुवा भएर आएका उनलाई हटाउनुको कारण थियो,सिके राउत समूहका एक कार्यकर्ताको ‘पोष्टमार्टम’गर्न ढिलाई गर्नु ।
मृतकको शव पोष्टमार्टमका लागि महाराजगञ्जस्थित शिक्षण अस्पताल पु-याउँदा डिएसपी रिजालले असहयोग गरेको आरोप गृह सचिव राईले लगाएका थिए । रिजाललाई उनै सचिब राईले फोन गरेर चाडै पोष्टमार्टम गर्न निर्देशन मात्र दिएनन्,फोनमा समेत झपारेको स्रोतले वतायो ।
तर, मृतकको शव पोष्टमार्टम गर्ने/ नगर्ने विषयमा वृत्तका प्रमुख रिजालको कुनै भूमिका हुँदैन । गृह सचिब जस्तो जिम्बेवार व्यक्तिले डिएसपीलाई फोन गरेर निर्देशन दिनु नै गलत रहेको स्वयम गृहका अधिकारीहरु नै वताउंछन् ।
यदी कुनै काम नै लगाउनु पर्ने भए आइजिपीदेखी मेट्रो वानसम्मलाई भन्नुपर्नेमा सिधै प्रहरीको इन्चार्ज झै आदेश दिने सचिब राईको कार्यशैलीका कारण प्रहरीमा चरमा हस्तक्षेप भएको स्पस्ट देखिन्छ।
यतिमात्र होइन प्रहरीका हरेक सरुवा र बढुवामा सचिब राईले ठुलो स्वार्थ राख्दै आएको पनि प्रहरी अधिकारीहरु वताउँछन्। यसरी सचिब राईले प्रहरीमा हस्तक्षेप गरे पनि बाहिर नाम भने गृहमन्त्री रामबहादुर थापा ‘बादल’को मात्र आउने गरेको छ ।
गृह मन्त्रालयले कुनै पनि निर्णय गर्नु अघि सचिब राईले त्यसको पहिलो सुचना प्रधानमन्त्री केपी शर्मा ओलीको सचिबालयलाई दिने गरेका कारण पनि मन्त्री थापा अप्ठेरोमा पर्ने गरेको स्रोत वताउँछ। गृह सचिब राईले पछिल्लो समय नेपाल प्रहरीको सरुवा, बढुवा मा मात्र हस्तक्षेप गरेका छैनन, अपराध अनुसन्धानमा प्रत्यक्षरुपमा हस्तक्षेप गर्ने गरेका छन् ।
यसको ज्वलन्त उदाहरण हो, सचिब राइले अनुसन्धानबाट दोशी करार नहुँदै कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्या र बलात्कारको मुद्दामा सिआइबीका प्रहरी अधिकारीलाई निलम्बन गर्न गृहमन्त्रीलाई उक्साउनु।
३३ किलो सुन काण्डदेखि निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको अनुसन्धान गर्ने नाममा गृह मन्त्रालयले मन्त्रालयकै कर्मचारीलाई संयोजक तोकि अनुसन्धानमा भने प्रहरीलाई लगाउने गरेको छ ।
गृहमन्त्री थापाको हल्लियो कुर्सी
प्रधानमन्त्री केपी ओलीले कञ्चनपुर हत्या प्रकरणलार्इ लिएर सामाजिक संजाल ट्वीटर मार्फत ट्वीट गरेका छन्।
प्रम ओलीले ट्वीट लेखेका छन्,’ म पनि निर्मलाको अभिभावक हुँ । यस्तो पाशविक हत्यामा संलग्न व्यक्ति जतिसुकै बलियो र जुनसुकै ओहोदाको भए पनि छोडिंदैन । प्रारम्भिक छानविनमा भएको कमजोरीका कारण अपराधी पत्ता लगाउन केहि समय लागे पनि अपराधी पत्ता लगाई कडा कारवाही गरिनेछ।’
यता कञ्चनपुरको पुरै सुरक्षा युनिट फेरिएर नयाँ प्रहरी प्रमुख एसपी कुबेर कडाँयत र प्रहरीका वरिष्ठ अधिकृतहरुको संलग्नतामा दुर्इ वटा उच्च स्तरीय छानविन समितिले समेत कञ्चनपुर हत्या प्रकरणको अनुसन्धान नयाँ शिराबाट सुरु गरेपनि अपराधीविरुद्ध कुनै ठोस प्रमाण फेला पार्न सकेका छैनन्।
तर छानविन समितिले दिएको प्रारम्भिक प्रतिवेदनको आधारमा कञ्चनपुर हत्या प्रकरणको अनुसन्धान गर्ने क्रममा चरम लापरवाही तथा गल्ति गरेको भन्दै गृह मन्त्रालयले सीआईबीका डिएसपीसहित पाँच प्रहरी निलम्बित गरेको छ।
ओली नेपाल वालुवाटारमा मिलमन भन्दै खिचडी पकाउदै
नेपाल कम्युनिष्ट पार्टी भित्र विवादको मुस्लो सल्किदै गएको छ । प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा आेलीलाई भेटेर नेता माधव कुमार नेपालले चरम असन्तुष्टी दर्शाएका छन् ।
एकताका नाममा आफ्ना समुहका नेताहरुलाई बायस गरेर अगाडी बढ्न खोजेको भन्दै नेता नेपालले आेलीसंग आक्रोस व्यक्त गरेका हुन् । तर, आेलीले भने मिलाएर जानका लागि गोप्य सहमति गरेर अगाडी बढ्न सकिने तर्क प्रस्तुत गरेका छन् ।
प्रचण्ड चीन भ्रमणमा निस्केका बेला नेता नेपालले आेलीसंग बसेर मिल्न अनुरोद गरको स्रोतको दावी छ । प्रचण्डका विरुद्ध गठबन्धन बनाएर सरकारको वचाउ देखि आगामी महाधिवेसनसम्म टिक्ने गरि बलियो गठबन्धनको प्रस्ताव आेलीले गरेपछि नेता नेपाल विचार गराैला भन्दै वालुवाटारबाट निस्केको स्रोतको भनाई छ ।
पार्टीमा चतुर नेता प्रचण्डले जतिबेला पनि आफूलाई सरकार र पार्टीको नेतृत्वबाट अपदस्त गर्न सक्छन भन्ने सोचेका आेलीले आफ्नो वचाउ गर्ने लगायतका कुराहरुमा सहकार्य गर्दा नमिलेको ठाउँमा सोच्न सकिने भन्दै जनाएका छन् ।


