डनका पार्टनरले गरे निर्माण व्यवसायीको चुनावमा उम्मेदवारी घोषणा



 

 

प्रहरी इन्काउन्टरमा मारिएका गुण्डा नाइके कुमार श्रेष्ठ ’घैटे’का पार्टनर ठेकेदार दीपक गौतमले नेपाल निर्माण व्यवसायी महासंघको ११ औं महाधिवेशनमा महासचिव पदको लागि उम्मेदवारी घोषणा गरेका छन् । ठेकेदार गौतमको गजुरमुखी कम्पनी निकै विवादास्पद मानिन्छ ।

विगतमा ठेकेदार गौतमले गुण्डा नाइके कुमार घैंटेलाई प्रयोग गरेर टेण्डर हत्याउने गरेको खबर सार्वजनिक भएको थियो ।

 

गौतमले अर्का साझेदर सन्तोष गौतमलाई पनि ठेक्का हत्याउन प्रयोग गरेको समाचार बाहिर आएको थियो । सन्तोष गौतम संघका पूर्व अध्यक्ष शरद गौचन हत्यामा मुछिएका शकास्पद पात्र हुन् ।

 

सन्तोष र गौचन हत्याका नाइके समिरमानसिंह बस्नेतबीच पटक पटक कुराकानी भएको तथ्य प्रहरीले फेला पारेको थियो ।

 

गौतमको समूहलाई काँग्रेस नेता अर्जुननरसिंह केसी र उनका भाइ जगदिश नरसिंह केसीको संरक्षण रहेको छ । गुण्डा नाइके श्रेष्ठसँगको लेनदेन विवाद चलिरहेका बेला महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले घैंटेलाई इन्काउण्टर गरेको थियो ।

मिलेमतोमा ठेक्का लिनेमात्र नभई गुण्डा, प्रहरी र प्रशासनलाई समेत मिलाउने उनले ठेक्का हात पार्दै आएको खबर यसअघि विभिन्न सञ्चारमाध्यमबाट सार्वजनिक भइसकेका छन् । हाल सदस्य पदमा रहेका ठेकेदार गौतमले एकैपटक विना छलफल एउटा क्लबमा पुगेर महासचिवमा उम्मेदवारी दिएपछि महासंघमा आवद्ध अन्य पदाधिकारी भने निकै रुष्ट बनेका छन् ।

उनै ठेकेदार गौतमले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को महाअभियानको लागि सरकार पक्ष र निर्माण व्यवसायीबीच बृहत् अन्तरक्रियाको खाँचो रहेको बताउँदै त्यसका लागि आफूले उम्मेदवारी दिएको बताए ।

रिपोर्टर्स क्लबमा भएको कार्यक्रममा उनले भने,‘संघको ११ औं महाधिवेशन र २० औं साधारण सभाको लागि हाम्रो संघ तीब्र रुपमा लागेको छ । असोज ४, ५ र ६ गते काठमाडौंमा हुन गैरहेको भेलामा उपयुक्त र साना व्यवसायीको हकहितलाई ध्यानमा राखेर काम गर्ने खालको हुनुपर्छ ।

सार्वजनिक खरिद ऐनमा भएका त्रुटिहरुलाई सच्याउनुपर्छ, यसको लागि म पहल गर्नेछु ।’ उनले कार्यक्रममा राष्ट्रिय र अन्तर्राष्ट्रिय गरी आफूसँग दुई दशकभन्दा बढि काम गरेको अनुभव रहेको समेत गफ लगाएका थिए ।

 

 

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्