यातायात व्यवसायीको लगानी सुरक्षा सरकारले गर्छ : मन्त्री महासेठ



हाम्रो इकोनोमि

 

 

भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले यातायात क्षेत्रमा हुने वैदेशिक लगानीको सम्पूर्ण सुरक्षा सरकारले लिने बताएका छन् ।

नेपाल अटोमोबाइल एशोसिएशन (नासा) तथा विश्व अटोमाइल संगठन (एफआइए) ले आज आयोजना गरेको ‘विश्व अटोमोबाइल सम्मेलन’ शुभारम्भका क्रममा उनले यस्तो बताएका हुन् ।

मन्त्री महासेठले नेपालको विकासमा अन्तर्राष्ट्रिय लगानी आवश्यक भएकाले एफआइएलाई लगानी गर्न आग्रह गरे । वर्तमान सरकारको ध्यान नै सडक विकास तथा विस्तारमा रहेकाले यस क्षेत्रलाई व्यवस्थित गर्दै लगिनेमा पनि उनले जोड दिए ।

छिमेकी देश चीन र भारतको सहयोगमा नेपालमा हवाई, जल तथा सडक यातायातको विकास हुँदै आएको र अब छिट्टै रेलमार्ग पनि सञ्चालनमा आउँछ भन्दै मन्त्री महासेठले नेपालमा करीब तीन लाख २० हजार भन्दा बढी यातायातका साधन सञ्चालनमा रहेको जानकारी गराए ।

एशिया प्रशान्तका अध्यक्ष मिके नुनले विश्वको आर्थिक विकासको मेरुदण्ड यातायात नै भएकाले एफआइएले सडक यातायातका साथै पर्यटन र खेलकूद विकासलाई प्राथमिकता दिँदै आएको बताए ।

नेपालका २० र २५ देशका ४० गरी ६० जनाको सहभागिता रहेको उक्त सम्मेलनमा अटोमोबाइलसँग सम्बन्धित संघसंस्थाहरुले आ–आफ्ना धारणा प्रस्तुत गर्ने भएका छन् । नेपालका सवारी चालकका चालक अनुमतिपत्रलाई विश्वव्यापी मान्यता दिनका लागि उक्त सम्मेलनमा पहल गरिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...

एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...