गृहमन्त्रीको राजीनामा माग्दै यी सांसदले किन गरे संसदमै रडाको



 

बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तका दोषीलाई पत्ता लगाएर कारबाही गर्न नसकेको भन्दै प्रतिनिधिसभा सदस्य उमा रेग्मीले गृहमन्त्री रामबहादुर थापा बादलको राजीनामा माग गरेकी छन्।

 

प्रतिनिधिसभाको सोमबारको बैठकमा सांसद रेग्मीले जततातै दण्डहिनताको अवस्था रहेको र ८ महिने शिशुदेखि ७० वर्षीया वृद्धा बलात्कृत भएको अवस्थामा सरकार महिलालाई सुरक्षा दिन र दोषीलाई कारबाही गर्न असफल भएको बताएकी हुन्।

 

उनले गृह प्रशासन वास्तविक हत्यारा पत्ता लगाउन सक्षम नभएको भन्दै कि वास्तविक हत्यारा पत्ता लगाउन नभए राजीनामा दिन गृहमन्त्री बादललाई चुनौती दिएकी छन्।

प्रमुख प्रतिपक्षी दलकी सांसद रेग्मीले देशमा दिनदिनै बलात्कार र महिला हिंसाका घटनामा वृद्धि भएको अवस्थामा सरकार भने सुखी नेपाली समृद्ध नेपाल भनेर जनतालाई ढाँटिरहेको बताइन्। रेग्मीले निर्मलाका आमाबाबुले न्यायको आश मारेको बताइन्।

 

उनले न्याय नपाइने भयो भनेर उनीहरू काठमाडौं नेता र सरकारको ढोका ढोकामा गएर याचना गर्नुपरेको बताइन्। उनले निर्मलाका आमाबाबुले गोरखाका गंगामाया अधिकारीको नियती भोग्न नपरोस् भनेर सचेत गरिन्।

 

उनले सरकारले बाचा गरेको सुन काण्डका अपराधीलाई कारबाही गर्ने कुरा बाचामै सीमित भएको बताइन्। उनले सुन काण्डमा ठूला माछालाई नछाड्ने भनिएको तर ३३ किलो सुन लुकाउने प्रयाप्त समय दिइएको भन्दै सरकारको सुरक्षा नीति कस्तो हो भन्ने देखिएको बताइन्।

 

रेग्मीले सरकारले प्रतिपक्षी कांग्रेसलाई सदनबाट सडकमा धकेलेको भन्दै आपत्ती जनाइन्। उनले भनिन्, हामी सदनमा मात्रै बोलिरहेबका थियौँ। त्यतिबेला कानमा तेल हालेर बस्यो।

 

जसले हामीलाई सडकमा धकेलिएको छ।उनले पीडितलाई छिटोभन्दा छिटो न्याय दिन माग गरेकी छन्।

 

प्रतिक्रिया दिनुहोस
जिल्ला सहकारीको निर्वाचनमा महेश–दुर्लभ एक ठाउँमा ?

    जिल्ला सहकारी संघ भक्तपुरको निर्वाचनको तिथि जति –जति नजिक आउँदै छ

सदनमा विधेयक पेस गर्न प्रतिपक्षले बहुमत पुर्‍याइदिने होइन : महेश बर्तौँला

    नेकपा एमालेका सचेतक महेश बर्तौँलाले प्रतिपक्षले नभइ सत्तापक्षकै सांसदहरूको कारणले संसद

हिन्दू राष्ट्रको पक्षमा महासमितिमा बहुमत देखियो : शंकर भण्डारी

    नेपाली कांग्रेसका नेता शंकर भण्डारीले हिन्दू राष्ट्रको पक्षमा महासमितिको बैठकमा बहुमत

ग्लोबल आइएमई बैंकको नयाँ काउन्टर चाबहिलमा

      ग्लोबल आइएमई बैंक लिमिटेडले काठमाडौँ महानगरपालिका वडा नं. ७, चाबहिल,