भारतीय सेना प्रमुखले नेपाललाई दियो यस्तो चेतावनी, भने भारत बिना नेपाल बाँच्न सक्दैन



हाम्रो इकोनोमि

 

भारतीय सेना प्रमुख विपिन रावतले नेपालप्रति ठुलो टिप्पणी गरेका छन् । उहाले ‘भौगोलिक बाध्यता’का कारण नेपाल चाहेर पनि भारतबाट टाढा जान नसक्ने बताउनुभएको हो । भूगोलकै कारण नेपाल र भारत दुई मुलुक, चीनतर्फ ढल्किन नसक्ने उहाँको दावी थियो ।

 

भारतको पुनेमा भएको विमस्टेक राष्ट्रहरुको संयुक्त सैन्य अभ्यास ‘माइलेक्स–१८’ को समापन समारोहपछि आयोजित पत्रकारसँगको अन्तरक्रियामा नेपाल सहभागि नभएको सन्दर्भमा रावतले सो प्रतिक्रिया दिनुभएको भारतीय सन्चारमाध्यमले जनाएका छन् ।

 

सैन्य अभ्यासमा सहभागी नहुने नेपालको निर्णयबाट भारत सरकार असन्तुष्ट रहेको चर्चा चलिरहेका बेला रावतको सो भनाईलाई अर्थपूर्ण ठानिएको छ ।

 

उहाँले भन्नुभयो, ‘उनीहरु भारतबाट टाढा जान सक्दैन । नेपाल र भुटानजस्ता मुलुकहरु भूगोलका कारण स्वाभाविक रुपमा भारतर्फ झुकाव राख्नुपर्छ । भूगोलका कारण नै चीनतर्फ भन्दा भारततर्फ झुकाव राख्न अनुकूल छ ।

 

हाम्रो नेतृत्वले पनि छिमेकी पहिले र पूर्व हेर नीति लिएको छ । विमस्टेक पनि त्यही नीति अन्तर्गत पर्छ । त्यसैले हामीहरु छिमेकीसँगको सम्बन्ध सुदृढ पार्न प्रयासरत छौं । ठूलो मुलुक भएकाले हामीहरुले अग्रसरता देखायौं भने त्यसलाई अन्य मुलुकले अनुसरण गर्नेछन् ।’

 

तर सोही कार्यक्रममा भारतीय रक्षा राज्यमन्त्री सुभाष भाम्रेले नेपालमा सैन्य नेतृत्व भर्खरै परिवर्तन भएकाले सैन्य भाग नलिने निर्णयलाई अन्य कोणबाट हेर्न नहुने बताउनुभएको थियो । साताव्यापाी सो सैन्य अभ्यासमा नेपाल र थाइल्याण्ड औपचारिक रुपमा सहभागि भएनन् ।

 

दुवै मुलुकले पर्यवेक्षकका रुपमा मात्र सहभागिता जनाएका थिए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले काठमाडौंमा सम्पन्न चौथो विमस्टेक शिखर सम्मेलनमा प्रस्ताव गरेको संयुक्त सैन्य अभ्यासमा नेपालले अन्तिम समयमा भाग नलिने निर्णय गरेको थियो ।

 

 

पार्टीभित्र र बाहिरबाट आलोचना भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सैन्य अभ्यासमा भाग नलिन नेपाली सेनालाई निर्देशन दिनुभएको थियो । नेपालले चीनको प्रभावमा परेर सो निर्णय लिएको र त्यसबाट भारत असन्तुष्ट भएको दावी भारतीय सन्चारमाध्यमले गर्दै आएका छन् ।

 

चीनको छेंग्दुमा आज शुरु हुने ‘सगरमाथा फ्रेन्डशिप–२’ नाम दिइएको नेपाल–चीन संयुक्त सैन्य अभ्यासलाई भारतीय सञ्चारमाध्यमले पछिल्लो समय बढ्दो निकटताको परिणामका रुपमा चित्रण गरेका छन् । जबकि चीनसँगको सैन्य अभ्यास पूर्वनिर्धारित कार्यक्रमअनुसार नै हुन लागेको हो ।

 

 

भारतीय सेना प्रमुख रावतले चीनले पनि भारतले जस्तै बजार खोजिरहेको, त्यसमा दुवैबीच प्रतिस्पर्धा रहेको हुँदा जसले राम्रो गर्न सक्यो उसैले जित हासिल गर्ने समेत बताएको द इण्डियन एक्सप्रेस ले लेखेको छ ।

 

त्यसैगरी पुनेमा गरिएको जस्तै सैन्य अभ्यास भविष्यमा पनि जारी रहन्छ भन्ने प्रश्नमा रावतले भारतले पहल गरेको तर, यसलाई भविष्यमा कसरी र कहाँ निरन्तरता दिने सम्बन्धमा निक्र्यौल हुन बाँकी रहेको बताउनुभयो ।

 

त्यसैगरी आजदेखि बैंककमा सुरु हुने विमस्टेक राष्ट्रका उच्च अधिकारीहरुको बैठकमा कनेक्टिभिटी मास्टर प्लानलगायतका एजेण्डामा छलफल हुने बताइएको छ । २ साता अघि काठमाडौंमा सम्पन्न शिखर सम्मेलनले मास्टर प्लानलाई चाँडै टुंगोमा पुऱ्याउने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
६३ उद्योगमा बिजुली र पानीको लाइन काटियो

    औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले एकैदिन ६३ उद्योगको पानी र बिजुलीको लाइन...

८० औँ जन्मोत्सव मनाउँदै पूर्वराजा ज्ञानेन्द्र शाह

    पूर्वराजा ज्ञानेन्द्र शाहले आफ्नो ८० औं जन्मोत्सव आउँदो असार २३ गते...

युद्धपछि इरान झन् शक्तिशाली

    अमेरिका-इरान सम्झौताको चर्चा चलिरहँदा अमेरिकी गुप्तचर एजेन्सीहरूले नयाँ चेतावनी दिएका छन्...

खुकुरी देखाई युवतीलाई कुटपिट गर्ने रमेश ठाडा पक्राउ

    सामाजिक सञ्जालमा खुकुरी देखाई धम्काएर कुटपिट गरेको भिडियो पोस्ट गर्ने व्यक्ति...