निर्मला प्रकरणः पाँच प्रहरी अधिकृत निलम्बनमा गृहमन्त्री र आईजीपीबीच यस्तो विवाद सुरु, !



 

 

कञ्चनपुर घटनालाई लिएर गृहमन्त्रीको निर्देशनमा निलम्बन गरिएका प्रहरी अधिकारीको विषयालाई लिएर गृहमन्त्री राम बहादुर थापा ‘बादल’ र आईजीपी सर्वेन्द्र खनालबीच विवाद भएको छ ।

 

आईजीपी खनाल प्रहरी अधिकारीलाई यसरी निलम्बन गर्दै जाने हो भने अनुसन्धानमा नै संकट आइपर्ने भन्दै गृहमन्त्रीको ध्यानाकर्षण गराइ रहेका थिए । शनिबार आईजीपीको गृहमन्त्रीसंगको निरन्तर भेटघाटले समेत पूर्णता पाउन भने सकेन ।

 

आईजीपी खनाल सकेसम्म प्रहरी अधिकारीलाई निललम्बन नगरेर अनुसन्धान अगाडी बढाउन चाहन्थे तर, आन्दोलन मत्थर नहुने संकेत पाए पछि उनीहरुको निलम्बन जरुरी रहेको जनाउदै यस्तो निर्णय गरिएको स्रोतले जनाएको छ ।

 

अनुसन्धानमा खटिएका प्रहरीको ‘कमजोरी देखिए बरु जागिरबाटै बर्खास्त गरौं तर अनुसन्धान अधिकारीलाई नै निलम्बन गर्दा संगठनभित्र राम्रो सन्देश जाँदैन’ भन्ने आईजीपी खनालको मत रहेको स्रोत बताउँछ ।

 

गृहमन्त्रालयले गठन गरेको उच्चस्तरीय छानविन समितिका संयोजक सह–सचिव हरिप्रसाद मैनालीको प्रारम्भिक प्रतिवेदनका आधारमा उनीहरुलाई निलम्बन गरिएको गृहमन्त्रालयका सह–सचिव एवं प्रवक्ता रामकृष्ण सुवेदी बताउँछन् ।

 

निलम्बित हुनेहरुमा डीएसपीद्वय अंगुर जीसी, ज्ञानबहादुर सेटी, प्रहरी निरीक्षक एकेन्द्र खड्का, जगदीश भट्ट र असई रामसिंह धामी छन् । एसपी डिल्लीराज विष्ट यसअघि नै निलम्बनमा परिसकेका नेपालपानाले जनाएको छ ।

वायुसेवा निगममा कार्यकारी अध्यक्ष ल्याएर सरकार फेरि विवादमा, नेकपाभित्रबाटै आलोचना

 

 सरकारले हचुवामा निर्णय गर्दै आउँदा निरन्तर विवादमा फस्दै आएको छ। पछिल्लो समय सरकारले नेपाल वायु सेवा निगमको कार्यकारी अध्यक्षमा मदन खरेललाई नियुक्त गरेर विवादमा तानिएको छ।

 

आइतबार बेलुकी बसेको मन्त्रिपरिषद् बैठकले खरेललाई निगमको कार्यकारी अध्यक्षमा नियुक्त गरेको हो। गत शुक्रबार सरकारले खरेललाई निगमको सञ्चालक समिति सदस्यमा नियुक्त गरेको थियो।

 

कार्यकारी अध्यक्षका रुपमा खरेल आइसकेपछि निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारलाई नैतिक दबाब परेको छ।

 

खरेललाई नियुक्त गरेसंगै सरकारको नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी नेकपाभित्रबाटै चर्को आलोचना भएको छ।

 

समाजिक संजालबाट समेत यसको विरोध हुन थालेको छ। नेकपाका केन्द्रीय सदस्य विष्णु रिजालले त विगत नसम्झेको भन्दै सत्ताधारीलाई पुराना कुरा सम्झने फुर्सद नै छैन भनेर व्यङ्ग्य गरेका छन् ।

 

उनले ट्वीटरमा लेखेका छन्, ‘सत्तामा बस्नेहरूलाई सायद पुराना कुरा सम्झिने फुर्सद हुँदैन। नत्र वासुसेवा निगममा सुगतरत्न कंसाकार अध्यक्ष र केबी लिम्बु एमडी हुँदाको रडाको बिर्सेर फेरि कार्यकारी अध्यक्ष र एमडी किन बनाइन्थ्यो होला? काम गर्न नसकेर निगमबाट बाहिरिएका मदन खरेलमा के जादु रहेछ कुन्नि ?’

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्