ओली र प्रचण्ड नयाँ शोषक वर्गः रामचन्द्र पौडेल



हाम्रो इकोनोमि

 

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीलाई गतिशील र ठूलो दलका रुपमा स्थापित गरेर मात्रै विश्राम लिने बताएका छन् ।

 

डेनमार्कको राजधानी लक्जेम्बर्गमा नेपाली समयअनुसार आइतबार राति ८ बजे कांग्रेस निकटको नेपाली जनसम्पर्क समितिको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै पौडेलले पार्टीलाई पुरानै अवस्थामा पुर्‍याउने बताएका हुन् ।

 

‘कांग्रेसले मुलुकमा धेरै विकास गरेको छ । मैले कांग्रेसभित्र नयाँ जीवन ल्याएर मात्रै विश्राम लिनेछु’, उनले भने, ‘मैले कहिल्यै पनि कांग्रेसलाई शिर झुक्न दिइन । लोभलालच गरेको छैन ।’ सत्तामा रहँदा कांग्रेसका नेताहरूले लोभ गरेका कारण कांग्रेसको बद्नाम गर्ने काम भएको उनले बताए ।

 

कांग्रेसलाई विधान र प्रक्रियाअनुसार चलाउनु पर्ने बताएका नेता पौडेलले भने, ‘पार्टी मिलाउँछु भनेर मात्रै हुँदैन । विधि र प्रक्रियाबाट चलाउनु पर्छ ।’ सभापति देउवाप्रति असन्तुष्टि जनाएका नेता पौडेलले सबैलाई मिलाएर मात्रै कांग्रेस बन्ने अन्यथा गुट र उपगुटभित्र जकडिने बताए ।

 

कांग्रेसले मुलुकमा धेरै विकास गरेको बताएका नेता पौडेलले भने, ‘सडक, अस्पताल, पुल, पिउने पानीका योजना हामीले बनाएका छौँ । कांग्रेसले मेलमची ल्याएको हो । अहिले कम्युनिस्टहरू मेलम्चीमा गएर फोटो खिच्न छन् ।’ कांग्रेसले गरेका कामहरूलाई कम्युनिस्टहरूले मैले गरेको हो भनेर जस लिने काम गरिरहेको उनले आरोप लगाए ।

 

कम्युनिस्टहरूले जनतालाई झुक्काएर बहुमत ल्याएको कांग्रेसका वरिष्ठ नेता पौडेलले बताए । कम्युनिस्टहरू कमजोर भए भने कांग्रेस बलियो हुन्छ भनेर कहिल्यै सोँच्न नहुने पौडेलले बताएका छन् ।

 

‘कांग्रेससँग कम्युनिस्टहरूको कुनै प्रतिस्पर्धा छैन । कम्युनिस्टहरूले जनता झुक्काएर बहुमत ल्याएका हुन्’, उनले भने, ‘कांग्रेसभित्रैको समस्याले हामी पराजित भएका हौँ । हाम्रो पक्षमा अहिले पनि जनता छन् । जनताको विश्वास कांग्रेसमाथि छ ।’

 

केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ मिलेर कम्युनिजम् ल्याउनै नसक्ने नेता पौडेलले दाबी गरे । ‘ओली र प्रचण्ड मिलेर कम्युनिजम् ल्याउने रे ? लेनिन र माओले ल्याउन नसकेको कम्युनिजम् ओली र प्रचण्डले ल्याउँने ? कम्युनिजम् ल्याउने उनीहरूको छाँटकाँट नै छैन’, कांग्रेस नेता पौडेलले भने, ‘सरकारको नेतृत्व लिएको छ महिना भयो ।

 

काम गराइको छाँटकाँट छैन । ओली र प्रचण्डले थोरै काम गरेर जनतालाई राहत दिए भने पनि त्यो धेरै हुन्थ्यो ।

 

ओली र प्रचण्डले सरकारी ढुकुटीबाट आफ्ना कार्यकर्तालाई पाल्नेभन्दा केही गर्न नसकेको कांग्रेस नेता पौडेलले आरोप लगाए । उनले ओली र प्रचण्डलाई अर्को शोषक वर्गको संज्ञा दिए । ‘ओली प्रचण्ड अर्को शोषण वर्ग भएर जन्मिएका छन्’, कांग्रेसका वरिष्ठ नेता पौडेलले भने,

 

‘हामीले अर्को शोषण वर्ग जन्मायो । प्रचण्ड र ओलीले शोषण वर्ग हुन् । देश र जनताका लागि केही गर्ने छैनन् ।’

 

ओली र प्रचण्डले देशमा निरंकुशता ल्याउन बेलाबेला जमर्को गर्ने गरेको नेता पौडेलको आरोप थियो । ‘कांग्रेस भएकाले यिनीहरू निरंकुश बन्न डराइ रहेका छन्’, उनले भने, ‘ओली र प्रचण्डलाई कांग्रेसले चुनौती दिएको छ ।

 

कांग्रेससँग कम्युनिस्टहरू डराइरहेका छन् ।’ निरंकुशता ल्याउने प्रयास गरियो भने पनि कांग्रेसले त्यसको कडा प्रतिवाद गर्ने उनले चेतावनी दिए ।

 

युरोप भ्रमणमा रहेका कांग्रेसका वरिष्ठ नेता पौडेलले आइतबार लक्जेम्बर्गमा भएको कार्यक्रममा सहभागी भएर प्रथम सम्मेलनलाई सम्बोधन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस
पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...

ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित

  ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल फाइनान्स’ द्वारा प्रदान...

सर्बियामा विद्यार्थी आन्दोलनको जित

    सर्बियाका दक्षिणपन्थी नेता तथा पूर्व राष्ट्रपति आलेक्जान्दर बुचिचको १४ वर्ष लामो...

आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...