ओली र प्रचण्ड नयाँ शोषक वर्गः रामचन्द्र पौडेल



हाम्रो इकोनोमि

 

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीलाई गतिशील र ठूलो दलका रुपमा स्थापित गरेर मात्रै विश्राम लिने बताएका छन् ।

 

डेनमार्कको राजधानी लक्जेम्बर्गमा नेपाली समयअनुसार आइतबार राति ८ बजे कांग्रेस निकटको नेपाली जनसम्पर्क समितिको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै पौडेलले पार्टीलाई पुरानै अवस्थामा पुर्‍याउने बताएका हुन् ।

 

‘कांग्रेसले मुलुकमा धेरै विकास गरेको छ । मैले कांग्रेसभित्र नयाँ जीवन ल्याएर मात्रै विश्राम लिनेछु’, उनले भने, ‘मैले कहिल्यै पनि कांग्रेसलाई शिर झुक्न दिइन । लोभलालच गरेको छैन ।’ सत्तामा रहँदा कांग्रेसका नेताहरूले लोभ गरेका कारण कांग्रेसको बद्नाम गर्ने काम भएको उनले बताए ।

 

कांग्रेसलाई विधान र प्रक्रियाअनुसार चलाउनु पर्ने बताएका नेता पौडेलले भने, ‘पार्टी मिलाउँछु भनेर मात्रै हुँदैन । विधि र प्रक्रियाबाट चलाउनु पर्छ ।’ सभापति देउवाप्रति असन्तुष्टि जनाएका नेता पौडेलले सबैलाई मिलाएर मात्रै कांग्रेस बन्ने अन्यथा गुट र उपगुटभित्र जकडिने बताए ।

 

कांग्रेसले मुलुकमा धेरै विकास गरेको बताएका नेता पौडेलले भने, ‘सडक, अस्पताल, पुल, पिउने पानीका योजना हामीले बनाएका छौँ । कांग्रेसले मेलमची ल्याएको हो । अहिले कम्युनिस्टहरू मेलम्चीमा गएर फोटो खिच्न छन् ।’ कांग्रेसले गरेका कामहरूलाई कम्युनिस्टहरूले मैले गरेको हो भनेर जस लिने काम गरिरहेको उनले आरोप लगाए ।

 

कम्युनिस्टहरूले जनतालाई झुक्काएर बहुमत ल्याएको कांग्रेसका वरिष्ठ नेता पौडेलले बताए । कम्युनिस्टहरू कमजोर भए भने कांग्रेस बलियो हुन्छ भनेर कहिल्यै सोँच्न नहुने पौडेलले बताएका छन् ।

 

‘कांग्रेससँग कम्युनिस्टहरूको कुनै प्रतिस्पर्धा छैन । कम्युनिस्टहरूले जनता झुक्काएर बहुमत ल्याएका हुन्’, उनले भने, ‘कांग्रेसभित्रैको समस्याले हामी पराजित भएका हौँ । हाम्रो पक्षमा अहिले पनि जनता छन् । जनताको विश्वास कांग्रेसमाथि छ ।’

 

केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ मिलेर कम्युनिजम् ल्याउनै नसक्ने नेता पौडेलले दाबी गरे । ‘ओली र प्रचण्ड मिलेर कम्युनिजम् ल्याउने रे ? लेनिन र माओले ल्याउन नसकेको कम्युनिजम् ओली र प्रचण्डले ल्याउँने ? कम्युनिजम् ल्याउने उनीहरूको छाँटकाँट नै छैन’, कांग्रेस नेता पौडेलले भने, ‘सरकारको नेतृत्व लिएको छ महिना भयो ।

 

काम गराइको छाँटकाँट छैन । ओली र प्रचण्डले थोरै काम गरेर जनतालाई राहत दिए भने पनि त्यो धेरै हुन्थ्यो ।

 

ओली र प्रचण्डले सरकारी ढुकुटीबाट आफ्ना कार्यकर्तालाई पाल्नेभन्दा केही गर्न नसकेको कांग्रेस नेता पौडेलले आरोप लगाए । उनले ओली र प्रचण्डलाई अर्को शोषक वर्गको संज्ञा दिए । ‘ओली प्रचण्ड अर्को शोषण वर्ग भएर जन्मिएका छन्’, कांग्रेसका वरिष्ठ नेता पौडेलले भने,

 

‘हामीले अर्को शोषण वर्ग जन्मायो । प्रचण्ड र ओलीले शोषण वर्ग हुन् । देश र जनताका लागि केही गर्ने छैनन् ।’

 

ओली र प्रचण्डले देशमा निरंकुशता ल्याउन बेलाबेला जमर्को गर्ने गरेको नेता पौडेलको आरोप थियो । ‘कांग्रेस भएकाले यिनीहरू निरंकुश बन्न डराइ रहेका छन्’, उनले भने, ‘ओली र प्रचण्डलाई कांग्रेसले चुनौती दिएको छ ।

 

कांग्रेससँग कम्युनिस्टहरू डराइरहेका छन् ।’ निरंकुशता ल्याउने प्रयास गरियो भने पनि कांग्रेसले त्यसको कडा प्रतिवाद गर्ने उनले चेतावनी दिए ।

 

युरोप भ्रमणमा रहेका कांग्रेसका वरिष्ठ नेता पौडेलले आइतबार लक्जेम्बर्गमा भएको कार्यक्रममा सहभागी भएर प्रथम सम्मेलनलाई सम्बोधन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस
केपी ओली र प्रचण्डबीच गोप्य भेटवार्ता

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल...

चीन जाने तयारीमा रवि लामिछाने

    रास्वपा सभापति रवि लामिछाने चीन जाने तयारीमा छन् । उच्च सरकारी...

कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा भारी वर्षा हुने

    देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा...

शिक्षा र स्वास्थ्यको कर हटाउने सरकारको निर्णय

    सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट...