नेपालले निकाल्यो पहिलो जीत, २५ रनले अफगानस्तान पराजित



हाम्रो इकोनोमि

 

भारतको लखनउमा भइरहेको १९ वर्षमुनिको एक दिवसीय क्रिकेट श्रृखंलामा नेपाल विजयी भएको छ ।

आज भएको खेलमा नेपालले अफगानिस्तानलाई २५ रनले हराउँदै प्रतियोगितामा पहिलो जीत निकालेको हो । लखनउस्थित एकना अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा भएको खेलमा नेपालले निर्धारित ५० ओभरको खेलमा सवै विकेट गुमाउँदै १८९ रन बनायो ।

एक सय ९० रनको विजयी लक्ष्य पछ्याउने क्रममा अफगानिस्तानको यू–१९ टोलीले ४७ दशमलव चार ओभरमा एक सय ६४ रन मात्र बनायो । यसअघि टस हारेर ब्याटिङ गर्ने क्रममा नेपालका लागि पवन सर्राफले अविजित ७८ रन जोडे । उनले ९६ बल खेल्दै एक छक्का र १० चौका हाने ।

सन्दीप जोराले २८, रसिद खानले २४, लोकेश बमले १६ तथा भीम सार्कीले १३ रन बनाए । बलिङतर्फ अफगानिस्तानका मोहम्मद कबिरले तीन तथा अबिद मोहमदी र अरिफ खानले २÷२ विकेट लिए ।

अफगानिस्तानका कप्तान इजाज अहमद मेहरानले ५९ रन बनाए । रेयाज हसनले ३८ र अबदुल रहमान रहमानीले ३७ रन जोडे । बलिङतर्फ नेपालका सागर ढकालले चार तथा रसीद खान र कमलसिंह ऐरीले दुई÷दुई विकेट लिए ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...