धार्मिक पर्यटक भित्र्याउन देवघाटमा यस्तो हुँदैछ तयारी



हाम्रो इकोनोमि

 

 

विश्वकै धार्मिक तीर्थस्थलको रूपमा विकास हुँदै गइरहेको देवघाटलाई पर्यटनको केन्द्रबिन्दु बनाउन देवघाट गाउँपालिकाले गुरुयोजना बनाउने भएको छ ।

 

तनहुँ, चितवन र नवलपरासीको सङ्गमस्थलमा रहेको देवघाटलाई तीनै जिल्लाका स्थानीय तहको समन्वयमा धार्मिक पर्यटकीय स्थल बनाउने गरी गुरुयोजना बनाउने तयारी भइरहेको गाउँपालिकाका अध्यक्ष दुर्गाबहादुर थापाले जानकारी दिनुभयो ।

 

उक्त गुरुयोजनालाई दातृ निकाय, प्रदेश सरकार, केन्द्र सरकार र निजी व्यवसायको साझेदारीमा कार्यान्वयन गरिनेछ ।

 

पर्यटकीय सम्भावना बोकेको आश्रम, धाम तथा धार्मिक क्षेत्रमा दृश्यावलोकनका लागि आकर्षण बढाउन महोत्सव आयोजना गर्ने तथा सम्भावित क्षेत्रमा भ्यूटावर, भ्यूप्वाइन्ट, सामुदायिक वनमा पर्यटन प्रवद्र्धन, घरवास र पिकनिक स्थलका लागि विभिन्न कार्यक्रम सञ्चालन गरिने गाउँपालिकाको योजना छ ।

 

गाउँपालिकाले प्रत्येक वडालाई छुने गरी पर्यटन सर्किटको अवधारणासमेत अघि सारेको छ । देवघाट–५ धार्मिकस्थलबाट प्रस्थान गरी देवघाट–१ गाउँपालिका स्तरीय रङ्गशाला अवलोकन, छरछरे झरना देवघाट–२ कराँदीप घरवासमा बास देवघाट–२ खाल्टे पार्क हुँदै कृषि अनुसन्धान केन्द्र, देवघाट–३ छिपछिपे भञ्ज्याङमा बास, देवघाट १ घण्टाचुली हुँदै देवघाट–४ सङ्ग्राहलय, सोलीघोप्टे भीर, प्याउली गढी, काफलडाँडा घसवासमा बास हुँदै गाईघाट अन्तिम बिन्दुको देवघाट गाउँपालिकालाई पर्यटन सर्किट बनाइने थापाले बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस
ग्यास बिक्रीको दैनिक विवरण आयल निगमलाई बुझाउनुपर्ने

    नेपाल आयल निगम र ग्यास उद्योगीबीच छलफल भएको छ । बजारमा...

अमेरिकाको वार्ता प्रस्ताव इरानले गर्‍यो अस्वीकार

    इरानले अमेरिका विरुद्धको बढ्दो सैन्य तनावबीच शक्तिशाली मिसाइल प्रयोग गर्न सक्ने...

काठमाडौंको वायु निकै अस्वस्थ, प्रदूषणले पार गर्‍यो सिमा

    काठमाडौंमा वायुको गुणस्तर निकै खराब स्थितिमा पुगेको छ । आज बिहान...

नवनिर्वाचित राष्ट्रिय सभा सांसदहरूको शपथ

    माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित भएका सांसदहरूले शपथ...