नेपाल–चीन सम्वन्ध नयाँ उचाईमा : नेता भट्टराई



हाम्रो इकोनोमि

 

नेकपा सांसद योगेश भट्टराईले नेपाल र चीनबीच भएको पारवहन तथा यातायात सम्झौता सम्वन्धि प्रोटोकलले नेपालको कूटनीतिक सम्वन्धलाई नयाँ उचाईमा पुर्याएको बताउनुभएको छ ।

 

प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै भट्टराईले पारवहन तथा यातायात सम्झौतासम्बन्धी प्रोटोकलले नेपाली अर्थतन्त्रलाई माथि उठाउने विश्वास व्यक्त गर्नुभयो ।

 

प्रधानमन्त्री केपी शर्मा ओलीले २०७२ चैतमा गरेको चीनको भ्रमणमा नेपाल र चीनबीच ऐतिहासिक पारवहन तथा यातायात सम्झौता भएको थियो । उक्त सम्झौता अव पूर्ण कार्यान्वयनमा आउनेछ । अघिल्लो साता दुई देशबीच त्यसको प्रोटोकलमा पनि सहमति भएको छ ।

 

‘नेपाल र चीन बीचका ६ वटा नाकामार्फत् आगामी दिनमा नेपालको व्यापार सहज हुनेछ ।  यसले कुटनीतिक सम्बन्धलाई पनि नयाँ उचाइमा पु¥याउनेछ’ उहाँले भन्नुभयो ।

 

सांसद प्रेम सुवालले नेपाल मेडिकल काउन्सिलको कामलाई पारदर्शी बनाउन माग गर्नुभयो । सांसद छक्कबहादुर लामाले शिक्षक सेवा आयोगको परीक्षा केन्द्र हुम्लाको सिमिकोटमा सञ्चालन गर्न माग गर्नुभयो ।

 

सांसद मैनाकुमारी भण्डारीले हालैको वर्षात्को बाढी र पहिरोले बागलुङ जिल्लाका विभिन्न स्थानामा क्षति पुगेकाले तत्काल जोखिममा रहेका बस्ती सार्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

 

सांसद दुर्गा पौडेललले बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको हत्यारा छिटो सार्वजानिक गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

प्रतिक्रिया दिनुहोस
आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...

एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...