रेडलाइट एरिया खोल्नु पर्छ भन्ने मुख्यमन्त्री गुरुङको राजीनामा माग



हाम्रो इकोनोमि

 

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्वा गुरुङको राजीनामा माग गरिएको छ।

आइतबार संसद बैठकमा बोल्दै राष्ट्रिय जनता पार्टीकी सांसद चन्दा चौधरीले रेडलाइट एरिया खोल्ने भन्दै महिला अस्मिता माथी प्रहार भएको मन्दै मुख्यमन्त्री गुरुङले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने माग गरिन्।

 

मुख्यमन्त्री गुरुङको भनाईले नेपाली नारीको अपमान भएको उनले बताइन्।

 

‘महिला हिंशा रोक्न नसक्ने रेडलाइटको कुरा गर्ने,’ उनले भनिन्, ‘उहाँको भनाईले महिला अस्मिता माथी प्रहार भएको छ।’

कञ्चनपुरकी निर्मला पन्तको बलात्कार पछि हत्या भएको घटनामा सरकारले अझै दोषी पत्ता लगाउन नसकेको भन्दै पीडितलाई न्याय दिन उनले न्याय माग गरिन्।

‘निर्मलाको हत्यारा पत्ता नलाग्दै फेरी दुई जनाको बलात्कार भएको छ’, उनले भनिन्, ‘आठ महिनाका शिसुको हत्यारा पत्ता लाग्न सकेको छैन।

यी घटनामा दोषि समात्न नसक्नुको कारण के हो ?’ उनले थपिन, ‘हाम्रो सिआइवी विदेशमा सम्मानित हुनछ तर यहाँ किन दोषी पत्ता लाग्न सकेको छैन ?’

केही दिन अघि गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङले ‘रेडलाइट एरिया’ खोलेर परिचयपत्र दिनु पर्ने बताएका थिए।

प्रतिक्रिया दिनुहोस
पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...

ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित

  ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल फाइनान्स’ द्वारा प्रदान...

सर्बियामा विद्यार्थी आन्दोलनको जित

    सर्बियाका दक्षिणपन्थी नेता तथा पूर्व राष्ट्रपति आलेक्जान्दर बुचिचको १४ वर्ष लामो...

आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...