निर्मलाको न्यायका लागि नेपालगञ्जमा आन्दोलन, जिल्ला प्रशासन कार्यालय घेराउ



हाम्रो इकोनोमि

 

निर्मलाको हत्यारालाई कारबाहीको माग गर्दै नेपालगञ्जमा सिटी फुकिएको छ । जिल्ला प्रशासन कार्यालय, नेपालगञ्ज अगाडि पाँच मिनेट सिटी फुकेर सरकारको ध्यानाकर्षण गराइएको हो । स्वस्फूर्त रुपमा जम्मा भएको मूहले जिल्ला प्रशासन कार्यालयको प्रवेशद्वार अगाडि उभिएर सिटी फुकेको थियो ।

 

सरकारले कानमा तेल हालेर बसेकाले ब्यूँझाउनका लागि सिटी फुकिएको अभियान्ताहरुले बताए । कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कार र हत्याको दोषीलाई ५३ दिनसम्म पत्ता लगाउन नसकेको भन्दै अभियान्ताहरुले सिटी फुकेर सरकारलाई ब्यूँझाएका हुन् ।

 

नेपालगञ्ज उद्योग बाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्यले निर्मलाको हत्यारा पत्ता लगाउन नसक्दा सरकारको मात्रै होइन, देशकै बेइज्जत भइरहेको बताए ।

 

‘हाम्रा चेलीहरु असुरक्षित छैनन्, अपराध गर्नेलाई पनि सरकारले कारबाही गर्न सक्दैन, अध्यक्ष बैश्यले थपे, यो घटनाले देशकै बेइज्जत भइरहेको छ । सरकार भने कानमा तेल हालेर बसेको छ ।’

 

उनले छिटो भन्दा छिटो हत्यारा पत्ता लगाएर कारबाही नगरे आन्दोलनलाई सशक्त बनाउने चेतावनी दिए ।

 

सरकारले ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारा अघि सारेको छ । नानीहरु असुरक्षित रहने देशका जनता कसरी समृद्ध र सुखी हुन सक्छ ? अभियान्ताहरुले प्रश्न गरेका छन् ।

 

कञ्चनपुरसँगै बाँकेको कोहलपुरको घटनालाई पनि जोडिन थालिएको छ । ७८ वर्षका हजुरबाले १३ वर्षकी नातिनीलाई तीन वर्षदेखि गरेको जबरजस्तीलाई प्रहरीले कमजोर बनाउन थालेको आरोप लगाइएको छ ।

 

प्रहरीले अहिलेसम्म अभियुक्तलाई बाहिर ल्याएको छैन । बाँकेमै यो बीचमा तीन वटा बलात्कारका घटना भएका छन् ।

 

‘निर्मलाका निम्ति न्याय’ को आन्दोलनलाई निरन्तरता दिइएको छ । आँखामा कालो पट्टी बाँधेर शनिबारदेखि शुरु भएको आन्दोलनलाई सिटी फुक्नेदेखि अबको दुई दिन सबै अभियान्ताले आफ्नो फेसबुक वालमा निर्मलाको न्यायका निम्ति केही न केही लेख्न भनिएको छ ।

 

वाललाई कालो पोतेर विरोध जनाउने सार्वजनिक रुपमा अपिल गरिएको छ । दुई दिन यसो गरेपछि नयाँ चरणका आन्दोलन थालिने अभियान्ताहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...

ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित

  ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल फाइनान्स’ द्वारा प्रदान...

सर्बियामा विद्यार्थी आन्दोलनको जित

    सर्बियाका दक्षिणपन्थी नेता तथा पूर्व राष्ट्रपति आलेक्जान्दर बुचिचको १४ वर्ष लामो...

आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...