निर्मलाको न्यायका लागि नेपालगञ्जमा आन्दोलन, जिल्ला प्रशासन कार्यालय घेराउ



हाम्रो इकोनोमि

 

निर्मलाको हत्यारालाई कारबाहीको माग गर्दै नेपालगञ्जमा सिटी फुकिएको छ । जिल्ला प्रशासन कार्यालय, नेपालगञ्ज अगाडि पाँच मिनेट सिटी फुकेर सरकारको ध्यानाकर्षण गराइएको हो । स्वस्फूर्त रुपमा जम्मा भएको मूहले जिल्ला प्रशासन कार्यालयको प्रवेशद्वार अगाडि उभिएर सिटी फुकेको थियो ।

 

सरकारले कानमा तेल हालेर बसेकाले ब्यूँझाउनका लागि सिटी फुकिएको अभियान्ताहरुले बताए । कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कार र हत्याको दोषीलाई ५३ दिनसम्म पत्ता लगाउन नसकेको भन्दै अभियान्ताहरुले सिटी फुकेर सरकारलाई ब्यूँझाएका हुन् ।

 

नेपालगञ्ज उद्योग बाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्यले निर्मलाको हत्यारा पत्ता लगाउन नसक्दा सरकारको मात्रै होइन, देशकै बेइज्जत भइरहेको बताए ।

 

‘हाम्रा चेलीहरु असुरक्षित छैनन्, अपराध गर्नेलाई पनि सरकारले कारबाही गर्न सक्दैन, अध्यक्ष बैश्यले थपे, यो घटनाले देशकै बेइज्जत भइरहेको छ । सरकार भने कानमा तेल हालेर बसेको छ ।’

 

उनले छिटो भन्दा छिटो हत्यारा पत्ता लगाएर कारबाही नगरे आन्दोलनलाई सशक्त बनाउने चेतावनी दिए ।

 

सरकारले ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारा अघि सारेको छ । नानीहरु असुरक्षित रहने देशका जनता कसरी समृद्ध र सुखी हुन सक्छ ? अभियान्ताहरुले प्रश्न गरेका छन् ।

 

कञ्चनपुरसँगै बाँकेको कोहलपुरको घटनालाई पनि जोडिन थालिएको छ । ७८ वर्षका हजुरबाले १३ वर्षकी नातिनीलाई तीन वर्षदेखि गरेको जबरजस्तीलाई प्रहरीले कमजोर बनाउन थालेको आरोप लगाइएको छ ।

 

प्रहरीले अहिलेसम्म अभियुक्तलाई बाहिर ल्याएको छैन । बाँकेमै यो बीचमा तीन वटा बलात्कारका घटना भएका छन् ।

 

‘निर्मलाका निम्ति न्याय’ को आन्दोलनलाई निरन्तरता दिइएको छ । आँखामा कालो पट्टी बाँधेर शनिबारदेखि शुरु भएको आन्दोलनलाई सिटी फुक्नेदेखि अबको दुई दिन सबै अभियान्ताले आफ्नो फेसबुक वालमा निर्मलाको न्यायका निम्ति केही न केही लेख्न भनिएको छ ।

 

वाललाई कालो पोतेर विरोध जनाउने सार्वजनिक रुपमा अपिल गरिएको छ । दुई दिन यसो गरेपछि नयाँ चरणका आन्दोलन थालिने अभियान्ताहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...

एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...

कांग्रेस महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि सहभागी...