तिमीजस्तै नारीको बलात्कार पछि हत्या भइसक्यो खै कहाँ छ्याै रञ्जु दर्शना ?



हाम्रो इकोनोमि

 

देशमा बढिरहेको बलात्कार र हत्याका घटनाले अप्रिय समाचारले अखवार, अनलाइन र अन्य संचार माध्यममा तहल्का मच्चाइरहँदा एक जना महिला नेतृ भने गुमान भएकी छन् ।

 

संघिय निर्वाचनको बेलामा सरकार र देशमा भएका सबैखाले भ्रष्टाचार, महिला हिंसा लगायतका अन्य विकृति रोक्न पहल गर्छु भन्दै भोट माग्ने विवेकशील साझा पार्टीकी नेतृ रञ्जु दर्शना निर्मलालाई न्याय दिलाउने अभियानमा चुपचाप वस्नुले उनलाई खोज्न थालिएको छ।

 

कांग्रेस सभापति तथा तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाको पालामा प्रधानन्यायाधीश शुशिला कार्कीको पक्षमा सडकमा उत्रेर चर्का कुरा गर्ने दर्शना कम्युनिष्ट सरकार बनेको बेला चुप किन भन्दै उनको आलोचना सुरु हुन थालेको छ ।

 

देउवा नेतृत्वको सरकारले गरेका हरेक काममा विरोध गर्न माइतिघर मण्डला आइपुग्ने दर्शना अहिले न माइतिघरमा देखिन्छिन न कुनै अन्य आन्दोलनमा नै । उनले बोकेको समावेशी लोकतन्त्रको नारामा बलात्कार, हत्या र महिला हिंसा पर्दैन र ? भन्दै सर्वसाधारणले गुनासो गर्न थालेका छन् ।

 

निर्मलाका निम्ति न्याय खोज्दै सर्वसाधरण यतिबेला सडकामा छरपष्ट छन् तर, दर्शना भने कसैका सामान्य फेसबुक स्टाटस सेयर गरेर कुन दुलोा लुकेकि छन नै थाहा छैन् । कतिपयले त अझ उनी विवेकशी साझा पार्टी परित्याग गरेर नेकपामा जान थालेको भन्दै टिप्पणी समेत गरका छन् ।

 

अहिले निर्मलाको निम्ति न्याय माग्दै सडकमा सत्तारुढ दलका भातृ संगठन समेत सडकमा आउन थालेको अवस्थामा दर्शना चुप वस्नुले नेकपाको खिचडी खाँदै न्यायको बाटोमा आउने फुर्सद नमिलेको स्रोतको दावी छ ।

 

उनी नेकपाको खिचडी खान कहिले कलता कहिले कता भाैतारिन थालेदेखि सरकारको विरोधमा नउत्रने वाचा गरेको समेत नेपालपानाले जनाएको छ ।

खोलाले बगाउँदा दुई बालबालिकाको मृत्यु

सल्यानमा खोलाले बगाउँदा दुई बालबालिकाको मृत्यु भएको छ । दार्मा गाउँपालिका–६ मलिवाङ्ग निवासी दुर्गा केसीका छोराछोरीलाई स्थानीय मलिवाङ्ग खोलाले शनिबार बेलुका बगाउँदा मृत्यु भएको हो ।

 

मृत्यु हुनेमा केसीका २ वर्षीय छोरा मोहन केसी र ६ वर्षीया छोरी रेखा केसी रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । रुकुमको नुवाकोटमा रहेको मामाघरमा आमासहित गएका उनीहरु घर फर्कने क्रममा खोलाले बगाएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरीक्षक वीरेन्द्रबहादुर शाहीले जानकारी दिनुभयो ।

 

खोलाले बगाएर बेपत्ता बनाएका बालबालिकाको इलाका प्रहरी कार्यालय फारुला र स्थानीयवासीले शनिबार रातभरि नै खोजी गरेका थिए । मृतक मोहनको लास शनिबार राति नै फेला परेको भए पनि रेखाको लास भने बगाएको स्थानदेखि ३०० मिटर तल आज बिहान फेला परेको प्रहरीले जनाएको छ ।

 

खोलाले बगाएर घाइते भएकी २८ वर्षीय मृतक बालबालिकाकी आमा पूर्णिमा केसीको स्थानीय मेडिकलमा उपचार भइरहेको छ । बुबा भने वैदेशिक रोजगारीका सिलसिलामा मलेशियामा छन् ।

प्रतिक्रिया दिनुहोस
१४ खर्ब ५ अर्ब राजश्व उठने अनुमान, ६ खर्ब ५७ अर्ब बजेट घाटा

    सरकारले आगामी आर्थिक वर्षका लागि ठूलो आकारको बजेट ल्याउँदा स्रोत अभाव...

लोककल्याणकारी विज्ञापनका लागि ३३ करोड रकम विनियोजन

    सरकारले लोककल्याणकारी विज्ञापनका लागि ३३ करोड रकम विनियोजन गरेको छ ।...

कुल २१ खर्ब २४ अर्ब ३४ करोडको बजेट सार्वजनिक

  सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि २१ खर्ब २४ अर्ब ३४...

कर्मचारीको तलब २१ प्रतिशत वृद्धि

  सरकारले कर्मचारीको  तलब करिब २१ प्रतिशतले वृद्धि गरेको छ । अर्थमन्त्री डा....