गोविन्दा अवार्डमा सहभागी हुन नेपाल आइपुगे



हाम्रो इकोनोमि

 

बलिउड अभिनेता गोविन्दा अहुजा शनिबार बिहान नेपाल आइपुगेका छन् ।

उनी शनिबार साढे ११ बजेतिर ‘एलजी सिने सर्कल अवार्ड २०७५’मा सहभागी हुन् नेपाल आएका हुन् ।

भदौ ३१ गते राष्ट्रिय सभा गृहमा आयोजना हुने अवार्ड समारोहमा उनको प्रस्तुति रहने छ ।

लाइफटाइम अवार्डबाट सम्मानित हुन् लागेका वरिष्ठ फिल्मकर्मी किशोर रानालाई गोविन्दाले अवार्ड दिनेछन् ।

तीन दिनको लागी उनी शनिबार नेपाल आएका हुन् ।

उनी शनिबार, आइतबार र सोमबार बस्ने गरी नेपालमा आएको जानकारी छ ।

आइतबारको आवार्ड समारोहमा सहभागी भई भोलिपल्ट गोविन्दाले पशुपतिनाथमा पूजाआजा गर्नेछन् ।

पत्नी सुनिता अहुजा र छोरा यसवर्धन अहुजा शुक्रबार नै नेपाल आएका थिए ।

शनिबार गोविन्दासँगै छोरी टिना अहुजा पनि नेपाल आएकी छन् ।

गोविन्दा नेपालका ज्वाँइ हुन् ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...