‘गो ब्याक’ भन्दै बाबुरामविरुद्ध अमेरिकामा प्रदर्शन



हाम्रो इकोनोमि

 

 

नयाँ शक्ति पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईविरुद्ध अमेरिकामा विरोध प्रदर्शन भएको छ । अमेरिकामा रहेका केही नेपाली युवाले डा. भट्टराईको बिरोध गरेका हुन् ।

 

डा. भट्टाराई एक कार्यक्रममा सहभागी हुन जाने क्रममा उनीमाथि कालो झण्डा सहित केही युवाले विरोध प्रदर्शन गरेका हुन् ।  डिसी मेट्रो एरियाबाट टेक्सस जाने क्रममा डा भट्टराई र हिसिला यमीको बिरोधमा कालो झण्डा देखाउँदै नेपाली युवाले नाराबाजी समेत गरेका थिए ।

 

तत्कालिन माओवादी युद्धमा हजारौं नागरिकको मृत्यु भएको भन्दै उनीहरुले डा. भट्टराईविरुद्ध प्रदर्शन गरेको बताएका छन् ।

 

तत्कालिन माओवादीका नेताहरुले नेपालीमाथि ठूलो अपराध गरेको उनीहरुको आरोप छ । ‘गो ब्याक’ भन्दै उनीहरुले प्रदर्शन गरेका थिए ।

 

डा भट्टराई भाद्र २८ गतेदेखि अमेरिका भ्रमणमा छन् । उनी असोज २२ सम्म उनी अमेरिकमा रहनेछन् ।

प्रतिक्रिया दिनुहोस
पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...

ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित

  ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल फाइनान्स’ द्वारा प्रदान...

सर्बियामा विद्यार्थी आन्दोलनको जित

    सर्बियाका दक्षिणपन्थी नेता तथा पूर्व राष्ट्रपति आलेक्जान्दर बुचिचको १४ वर्ष लामो...

आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...