काठमाडौंबाटै ब्राउन सुगर र नक्कली पेस्तोलसहित तीन जना पक्राउ



हाम्रो इकोनोमि

 

प्रतिबन्धित लागुऔषध ब्राउन सुगर र नक्कली पेस्तोलसहित प्रहरीले शनिबार राति तीन जनालाई पक्राउ गरेको छ ।

 

लागुऔषध नियन्त्रण गर्ने उद्देश्यले शङ्कास्पद व्यक्तिलाई चेकजाँच गर्दा महानगरीय प्रहरी वृत बौद्धबाट खटिएको टोलीले लागुऔषध कारोवारीलाई काठमाडौँ चुच्चेपाटीबाट राति ८ बजे पक्राउ गरेको हो ।

 

पक्राउ पर्नेमा इलाम माई नगरपालिका–४ का २३ वर्षीय सञ्जय समाल (मगर), मोरङ पथरी नगरपालिका–५ का २४ वर्षीय सन्तोष लिम्बू र झापा शिव सताक्षी नगरपालिका–३ का २४ वर्षीय युगेश राई रहेका महानगरीय प्रहरी वृत बौद्धका प्रहरी निरीक्षक भूपेन्द्र गिरीले बताए ।

 

सडकमा हिँडिरहेका निजहरुको शरीर तलासी लिने क्रममा ३० ग्राम लागुऔषध खैरो हेरोइन (ब्राउन सुगर), नक्कली पेस्तोल एक थान र रु २० हजार १०० बरामद भएको गिरीले जानकारी दिए ।

पक्राउ परेका उनीहरुका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

बाढीपीडितलाई राहत वितरण

 

गत बुधबार आएको बाढी पहिरोबाट प्रभावित परिवारलाई राहत वितरण गरिएको छ । विपद् पीडितको घरदैलोमा पुगेर राहत वितरण गरिएको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ ।

 

बाढी पहिरोमा परी मृत्यु भएका मस्र्याङ्दी गाउँपालिकाका चारजनाका परिवार र विपद्को कारण घर क्षति भएका १२ परिवारलाई राहत वितरण गरिएको प्रजिअ झङ्कनाथ ढकालले बताउनुभयो ।

 

जिल्ला विपद् व्यवस्थापन समितिले बाढी पहिरोमा परी मृतकका परिवारलाई जनही एक लाख र मस्र्याङ्दी गाउँपलिकाबाट जनही रु ५० हजार प्रदान गरिएको हो । यसैगरी बाढी पहिरोले घर बगाएका पीडित परिवारलाई प्रतिघर ५० हजार र आंशिक क्षति भएकालाई रु २५ हजार प्रदान गरिएको समितिले जनाएको छ ।

राहत वितरणसँगै अवरुद्ध लमजुङ–मनाङ सडक खुलाउन डिभिजन सडक कार्यालय, दमौलीबाट प्रयास तीव्र पारिएको छ । प्रजिअ ढकालका अनुसार बेशीशहरको खरखरे, खुदी र भुलभुलेतर्फका पहिरो हटाइसकिएको छ । हाल बेशीशहरदेखि मस्र्याङ्दी–७, ङादीसम्म सडक सञ्चालन भएको छ ।

मस्र्याङ्दी गाउँपालिका–६ बाहुनडाँडाका पहिरोबाट प्रभावित २६ परिवारलाई जिल्ला प्रशासन कार्यालय र मस्र्याङ्दी गाउँपालिका–६ का जनप्रतिनिधिसँगको समन्वयमा न्यादी जलविद्युत् आयोजनाबाट प्रतिपरिवार ३० किलोका दरले चामल, चार किलोका दरले दाल, एक लिटरका दरले तेल र एक किलोका दरले नून वितरण गरिएको छ ।

यसैगरी नेपाल रेडक्रस सोसाइटी, लमजुङ शाखाबाट शनिबार बाहुनडाँडा, रामबजार, अर्खलेबेशीलगायतका स्थानका प्रभावित १८ परिवारलाई त्रिपाल, कम्मल, भाँडाकँुडाको सेटसहितको गैरखाद्य सामग्रीको राहतस्वरुप वितरण गरिएको छ ।

प्रकोप व्यवस्थापन समितिले बहुक्षेत्रगत प्रारम्भिक द्रुत लेखाजोखा र क्षेत्रगतरूपमा भएको क्षतिको विवरण प्रस्तुत गर्नका लागि सम्बद्ध निकायलाई जिम्मेवारी प्रदान गरेको छ । विवरण प्राप्त हुनासाथ शीघ्र पुनः लाभ कार्यक्रम सञ्चालन गरिने समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
केपी ओली र प्रचण्डबीच गोप्य भेटवार्ता

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल...

चीन जाने तयारीमा रवि लामिछाने

    रास्वपा सभापति रवि लामिछाने चीन जाने तयारीमा छन् । उच्च सरकारी...

कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा भारी वर्षा हुने

    देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा...

शिक्षा र स्वास्थ्यको कर हटाउने सरकारको निर्णय

    सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट...