निर्मला हत्या प्रकरणमा सिआइवीका डिएसपीसहित पाँच प्रहरी निलम्वित



हाम्रो इकोनोमि

 

कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामा लापरवाही गरेको भन्दै गृहमन्त्रालयले केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी) का प्रहरी नायब उपरीक्षक (डिएसपी) अंगुर जिसीसहित पाँच प्रहरीलाई कारबाही गरेको छ ।

 

डिएसपी जिसीसहित पाँचैजनालाई गृह मन्त्रालयले शनिबार निलम्बन गरेको हो । गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीद्वरा शनिबार जारी विज्ञप्तिमा डिएसपी जिसीसहित पाँचजनालाई आजैको मितिबाट निलम्बन गर्ने निर्णय गरिएको उल्लेख छ ।

 

निर्मला पन्तको बलात्कार र हत्याको घटनाको छानबिन गरिरहेको सहसचिव हरिप्रसाद मैनाली नेतृत्वको उच्चस्तरीय समितिले शनिबार गृहमन्त्री रामबहादुर थापालाई प्रारम्भीक प्रतिवेदन बुझाएको छ ।

 

डिएसपी जिसी र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा कार्यरत तत्कालीन डिएसपी ज्ञानबहादुर सेटीसहित पाँच प्रहरी अधिकारीलाई निलम्बन गरिएको गृह मन्त्रालयले जनाएको छ ।

 

अनुसन्धानमा संलग्न प्रहरी निरीक्षकहरू जगदीश भट्ट, एकेन्द्र खड्का र प्रहरी सहायक निरीक्षक रामसिंह धामी पनि निलम्बनमा परेका छन् ।

 

उच्चस्तरीय छानविन समितिले दिएको प्रारम्भीक प्रतिवेदनका आधारमा निलम्बनमा परेका अनुसन्धान अधिकृतहरूमाथि समेत आन्तरिक अनुसन्धान हुनेछ ।

 

यसअघि कञ्चनपुर जिल्लाका प्रहरी प्रमुख एसपी डिल्लीराज विष्टलाई गृह मन्त्रालयले निलम्बित गरिसकेको छ । निलम्बित एसपी विष्टको डिएनए पनि परीक्षण हुँदै छ ।

प्रतिक्रिया दिनुहोस
कुन प्रदेशबाट कति छन रास्वपाका महाधिवेशन प्रतिनिधि

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पार्टीको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक...

एमाले उपाध्यक्ष पौडेललाई काठमाडौं ल्याइयो

    सुर्खेतबाट पक्राउ परेका नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई काठमाडौं ल्याइएको छ...

एमाले पुनर्गठन हुन्छ, सबै अटाउँछन् : योगेश भट्टराई

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले नेकपा एमाले पुगर्नठनको बाटोमा रहेको र...

गगन थापा रास्वपा महाधिवेशनमा जाने

    कांग्रेस सभापति गगन थापा रास्वपाको पहिलो महाधिवेशन उदघाटन सत्रमा सहभागी हुने...