बादल लागेको गृहमन्त्री बादलले राजीनामा दिनुपर्छ गगन थापा



हाम्रो इकोनोमि

 

प्रमुख विपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् सांसद गगन थापाले गृहमन्त्री रामबहादुर थापा बादलको सोँच र क्षमतामा बादल लागेको टिप्पणी गरेका छन् ।

 

शनिबार प्रतिनिधिसभा संसदको बैठकमा बोल्दै सांसद थापाले कञ्चनपुरकी किशोरी बलात्कारपछि हत्याको घटनामा संलग्न अपराधीलाई पक्राउ गर्नुको साटो आफ्नै संयन्त्रहरू जोगाउन लागिरहेको बताए ।

 

उनले भने, ‘आफ्नै संयन्त्र ग्लानी बोध नहुने गृहमन्त्रीको बादलको क्षमता र सोचमै बादल लागेको छ ।’

 

‘युद्ध वा शान्ति दुवैको नियमसँग नमिल्ने गरी आफ्नै हिरासतमा राममनोहर यादव मारिँदा अनि निर्मला पन्तमाथि जघन्य अपराध गर्ने पापीहरूलाई आफ्नै संयन्त्रहरू जोगाउन लागिरहँदा ग्लानी बोध नभएको गृहमन्त्रीको क्षमतामा मात्र होइन रहेछ बादल लागेको बादल त गृहमन्त्रीजीको सोँचमै लागेको रहेछ’, उनले भने, ‘सोँच र क्षमता दुवै बादल लागेको गृहमन्त्री बादल हामीलाई चाहिन्छ र ?’

 

‘गृहमन्त्री बादलले ठूलो माछा पक्रन सक्नुभएन हामी बोलेनौं, कामचोर व्यवसायीलाई कानून नै नबनाइ पक्रनुभयो आफैं छोड्नुभयो हामी बोलेनौं’, कांग्रेसका सांसद थापाले भने, ‘डाक्टर भोजराजलाई ट्रमा सेन्टरबाट उठाउनुभयो हामी बोलेनौं ।

 

लेनिन विष्टलाई विमानस्थलमा रोक्नुभयो । पत्रकार शम्भु श्रेष्ठ र राजु बस्नेतलाई प्रहरी लगाउनुभयो हामी बोलेनौं ।’

 

सांसद थापाले अगाडि भने, ‘हामीलाई लाग्यो गृहमन्त्री बादल मान्छे त ठीकै हो क्षमतामा केही बादल लागेको मात्रै हो ।

तर हिजो हामी जब बोल्यौं गृहमन्त्रीजी पनि बोल्नुभयो । सभामुख महोदय क्षमता र सोँचमै बादल लागेको गृहमन्त्री बादल हामीलाई चाहिन्छ र ?’

प्रतिक्रिया दिनुहोस
कुन प्रदेशबाट कति छन रास्वपाका महाधिवेशन प्रतिनिधि

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पार्टीको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक...

एमाले उपाध्यक्ष पौडेललाई काठमाडौं ल्याइयो

    सुर्खेतबाट पक्राउ परेका नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई काठमाडौं ल्याइएको छ...

एमाले पुनर्गठन हुन्छ, सबै अटाउँछन् : योगेश भट्टराई

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले नेकपा एमाले पुगर्नठनको बाटोमा रहेको र...

गगन थापा रास्वपा महाधिवेशनमा जाने

    कांग्रेस सभापति गगन थापा रास्वपाको पहिलो महाधिवेशन उदघाटन सत्रमा सहभागी हुने...