निर्मलाका लागि न्याय माग्दै काठमाडौं लगाएत देशभर प्रदर्शन



हाम्रो इकोनोमि

 

५१ दिनअघि  बलात्कारपछि हत्या भएकी कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको हत्यारालाई कारबाही गरी पीडितलाई न्याय दिलाउन दवाव दिने उद्देश्यले गर्दै शनिबार राजधानीको माइतीघरमा बृहद् प्रदर्शन गरिएको छ ।

‘निर्मलाका निम्ति न्याय’ नाम दिइएको प्रदर्शनमा  हजाराैं सर्वसाधरण सहभागी भएका छन् ।

 

निर्मला घटनाका दोषी अझैं कारबाहीको दायरमा आउन नसकेको अवस्थामा  अभियन्ताहरूले उक्त प्रदर्शन गरेका हुन्।

 

प्रदर्शनका क्रममा सहभागिहरुले मौन बसेको सरकार किन बढ्दैछ बलात्कार ?,सरकार देखाऊ इच्छा खै त महिला सुरक्षा,सरकारले देखायो लाचारी त्यसैले हाम्रो खबरदारी, निर्मलाका निम्ति न्याय, निर्दोषलाई यातना, दोषीलाई उन्मुक्ति ? लगायतका नारा लेखिएको प्ले कार्ड बोकेका थिए ।

 

शनिबार देशका विभिन्न १९ स्थानमा ‘निर्मलाका निम्ति न्याय’ माग्दै प्रदर्शनको आह्वान सामाजिक सञ्जालमार्फत गरिएको थियो ।

निर्मलाको गत साउन १० गते बलात्कारपछि हत्या भएको थियो । अहिले न्याय माग्दै निर्मलाका बाआमा काठमाडौं आएका छन् ।

प्रतिक्रिया दिनुहोस
कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...

एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...

कांग्रेस महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि सहभागी...