डोल्पाका सांसदले नछोडेपछि वामदेवको आँखा बाँकेमा



हाम्रो इकोनोमि

 

 

डोल्पामा ठाउँ खाली गराउन लामो प्रयास गर्दा पनि सफल नभएका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता वामदेव गौतमको निर्वाचन लड्ने महत्वकांक्षा अझै रोकिएको छैन। उनको नजर अहिले बाँके जिल्लामा परेको छ। आफू पराजित भएको क्षेत्रसँगै जोडिएको बाँके क्षेत्र नम्बर ३ मा वामदेवको आँखा परेको हो।

 

उक्त क्षेत्रका सांसद नन्दलाल रोकायलाई बोलाएर नेकपाका महासचिव विष्णु पौडेलले वामदेवका लागि छोडिदिन आग्रह गरेका छन्। शुक्रबार संघीय संसद भवन बानेश्वरमा भेटेर पौडेलले रोकायलाई राजीनामा दिन दबाव दिएका हुन्।

 

रोकायले महासचिव पौडेलले आफूलाई वामदेवका लागि ठाउँ खाली गर्न आग्रह गरेको स्वीकार गरे। रोकायले पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफूलाई भनेमा त्यसबारे सोच्न सक्ने जवाफ दिएका छन्।

 

डोल्पामा लामो प्रयास गर्दा पनि असफल भएपछि वामदेवले प्यूठान ताकेका थिए। डोल्पाका सांसद धनबहादुर बुढा वामदेवलाई ठाउँ छोड्न पनि तयार भएका थिए तर स्थानीय नेता, कार्यकर्ताको असहमति पछि बुढा आफैं पछि हटेका थिए।

 

डोल्पाको प्रयास असफल भएपछि पुरानो निर्वाचन क्षेत्र प्यूठानमा उठ्ने उनले इच्छा जाहेर गरे। प्यूठानकी राष्ट्रिय जनमोर्चाका संसाद दुर्गा पौडेललाई राजीनामा गराउने उनको प्रयास पनि सफल भएन।

 

यसपछि रुकुम पूर्व तत्कालीन माओवादी केन्द्रकी कमला रोकालाई राजीनामा गराउने चर्चा चल्यो। रोकाले समाजिक सञ्जालबाटै त्यसको प्रतिरोध गरिन्।

 

ललितपुरमा नवराज सिलवाललाई घरमै बोलाएर वामदेवले आग्रह गरे तर त्यही पदका लागि एमाले बनेका सिलवालले छोड्ने कुरै भएन। सिलवालले नमानेपछि वामदेवको दृष्टि पर्‍यो नवलपरासीमा। तर त्यहाँ पनि असम्भव भएपछि अहिले उनको मन बाँकेमा छ।

 

कम्प्युनिष्टको प्रभाव क्षेत्र रहेको बाँकेको क्षेत्र नम्बर ३ का तीन वटै स्थानीय तह समेत नेकपा अर्थात तत्कालीन एमालेले जितेको छ।

 

सो क्षेत्रबाट निर्वाचित पुराना वामपन्थी नेता रोकाय राजनीतिमा वामदेवका समकालीन हुन्। रोकाय पञ्चायतकालमा समेत जनपक्षीय उम्मेदवारका रुपमा प्रधानपञ्च भएका थिए।

 

बाँकेको क्षेत्र ३ सँगै जोडिएको बर्दियाको क्षेत्र नम्बर १ बाट वामदेव कांग्रेस नेता एवं त्यतिबेलाका सिंचाइ मन्त्री सञ्जय गौतमसँग पराजित भएका हुन्।

 

‘मैले राष्ट्रिय आवश्यकता हो र, पार्टीले निर्णय गर्छ भने म छोड्न तयार छु भनेँ’, आफूले दिएको जवाफबारे अन्नपूर्णसँग उनले भने, ‘व्यक्तिगत हिसाबले म छोड्न तयार छैन।’

 

दबावका साथ प्रस्तुत भएका पौडेलले अन्तिममा ‘माइन्ड नगर्नु होला’ भनेर रोकायलाई बिदा गरेका थिए।

प्रतिक्रिया दिनुहोस
कुन प्रदेशबाट कति छन रास्वपाका महाधिवेशन प्रतिनिधि

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पार्टीको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक...

एमाले उपाध्यक्ष पौडेललाई काठमाडौं ल्याइयो

    सुर्खेतबाट पक्राउ परेका नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई काठमाडौं ल्याइएको छ...

एमाले पुनर्गठन हुन्छ, सबै अटाउँछन् : योगेश भट्टराई

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले नेकपा एमाले पुगर्नठनको बाटोमा रहेको र...

गगन थापा रास्वपा महाधिवेशनमा जाने

    कांग्रेस सभापति गगन थापा रास्वपाको पहिलो महाधिवेशन उदघाटन सत्रमा सहभागी हुने...