गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङले प्रहरीलार्इ यौनकर्मीसँग जोडेर लगाए यस्तो गम्भीर आरोप, आर्इजीपीको गयो सातो



 

 गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले समाजले पचाउन नसक्ने मुद्दा उठाएर यतिबेला निकै चर्चामा अाएका छन् । मुख्यमन्त्रीले हाम्रो समाजमा यौनको व्यवस्थापन नहुँदा पारिवारिक विखण्ड बढेको तर्क गरेका छन् ।

 

गुरुङले एक औपचारिक कार्यक्रममा नै पोखरामा रेडलाइट एरिया तोक्ने र याैन व्यवसायकाे लागि लाइसेन्स बाँड्ने तयारीमा लागेकाे बताएपछि त्यसको समर्थन र विरोधमा सबै तिर बहस चर्किएको छ ।

 

धेरैले ठानेका थिए मुख्यमन्त्रीले मजाकमा यस्तो कुरा गरेका होलान् । तर उनी रेडलाइट एरिया तोक्ने वषयमा सोचिबिचारी अगाडि बढेको कुरा यो भिडियो संवादमा बताएका छन् ।

 

गुरुङ संवादमा भन्छन्-मैले वेश्वृत्तिलाई व्यवस्थित गर्न एउटा कानुन निर्माण गरौँ भन्दा चाँहि के नराम्रो भो । कतिले मलाई यो मुख्यमन्त्रीले त समाजमा विखण्डन ल्याउने कुरा गर्यो पनि भने ।

 

पोखरामा र नेपालभरि नै यो वेश्यावृत्ति जुन ढङ्गले भइरहेको छ र यसले समाजमा जुन प्रकारको विकृति ल्याइरहेको छ, त्यसको अन्त्य गर्ने र त्यसलाई व्यवस्थित गर्ने कुरा मैले गरेको हो । त्यसका लागि रेड लाइट एरिया तोक्नु उचित हुन्छ ।

 

जसरी विभिन्न ठाउँमा लुकीछिपी यौन व्यवसाय चलिरहेको छ र यौनकर्मीहरु छन्, उनीहरुले पनि सास्ती खेपिरहेका उनको तर्क छ । मुख्यमन्त्रीका अनुसार हाम्रो समाजमा यौनको व्यवस्थापन नहुँदा पारिवारिक विखण्ड बढेको हाे ।

 

जस्तै श्रीमान बाहिर भयो भने श्रीमतीले यहाँ व्यभिचार गर्ने, श्रीमती बाहिर छन् भने श्रीमानले व्यभिचार गर्ने। त्यसैले रेडलाइट एरिया तोकियो भने यौन पेशालाई व्यवस्थित गर्न सकिन्छ र समाजमा अपराध कम हुन्छ । यौनकर्मी र आपत्तिजनक अवस्थामा भटिएका जोडीबाट प्रशासन र सुरक्षा निकायका मानिसहरुले पैसा खाने गरेका उनले दावी गरे ।

 

जसरी यौन व्यवसाय चलिरहेको छ र यौनकर्मीहरु छन्, उनीहरुले पनि सास्ती खेपिरहेका उनको तर्क छ । यौनकर्मी र आपत्तिजनक अवस्थामा भटिएका जोडीबाट प्रशासन र सुरक्षा निकायका मानिसहरुले पैसा खाने गरेका उनले दावी गरे ।

 

भन्छन- च्याप्प समायो लग्यो। रङ्गेहात समात्यौं भन्यो पैसा खायो । होटलवालाको पनि बेइज्जती, त्यहाँ काम गर्नेको पनि बेइज्जती, पक्राउ पर्ने पुरुषको पनि बेइज्जती, महिलाको पनि बेइज्जती। त्यस्तै पर्यो भने अर्काकी श्रीमती परिरहेकी हुन्छिन्।

 

त्यसपछि घर परिवार सबै विखण्डन हुने भयो। अनि जत्ति भन्यो त्यत्ति पैसा दिएर उनीहरु निस्किन्छन्। यो अहिले दैनिकजसो भइरहेकै कुरा हो ।यस्तो विकृति भइराख्नु भन्दा यसलाई व्यवस्थित गरौं भनेको हो मैले। यो सबै ढोङ छोडौं र यसलाई व्यवस्थित गरौं।

 

र, सभ्य समाजतिर लागौं भनेको हो मैले। त्यसकारण यो विषयमा छलफल गरौं। मुख्यमन्त्री गुरुङले डिसी नेपालसँग गरेकाे संवादमा याैन व्यवसायकाे पक्षमा कुरा गरेका थिए।

 

प्रहरी स्राेतका अनुसार मुख्यमन्त्री गुरुङले विना प्रमाण प्रहरीमाथि पैसा लिने गरेकाे अाराेप लगाएका छन्। जसले प्रहरी संगठनकै साखमा धक्का पुगेकाे छ।

 

त्यस्तै मुख्यमन्त्री गुरुङकाे यस्ताे अभिब्यक्तिलार्इ प्रमुख प्रतिपक्षी दलले विराेध गर्दै जावफ मागेकाे छ।

 

प्रमुख प्रतिपक्षी दलका सांसद विराेध खतिवडाले विहीबार बसेकाे प्रतिनिधिसभाकाे शुन्य समयमा उनले गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङले याैन व्यवसायलार्इ कानुनी मान्यता दिएर राजश्व उठाउने र प्रदेश सरकार चलाउने साेच बनाएका छन्, यसमा केन्द्र सरकारकाे कस्ताे दृष्टिकाेण छ भनी प्रश्न गरेका थिए। उनले यस विषयमा सरकारले तत्काल जावफ दिनुपर्नु अाैल्याएका थिए।नेपालपानाबाट

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्