निर्मला हत्या प्रकरण : एसपी विष्टसहित तीनजनाको डिएनए परीक्षण शुरु



प्रहरीले निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख एसपी डिल्लीराज विष्टसहित तीनजनाको डिएनए परीक्षण सुरु गरेको छ ।

गत साउन १० गते घरबाट हिँडेकी कञ्चनपुरको भीमदत्तनगरपालिका–२ खोल्टीकी १३ वर्षीया  निर्मलाको हत्या प्रकरणमा एसएसपी विष्टसहित तीनजना शंकाको दायरामा परेपछि उनीहरुको डिएनए परीक्षण सुरु गरिएको हो ।

प्रहरी प्रवक्ता शैलेश थापा क्षेत्रीका अनुसार हाल निलम्बनमा रहेका एसपी विष्ट,  उनका छोरा किरण र भीमदत्त नगरपालिका मेयर सुरेन्द्र विष्टका भतिजा आयुषको रगत लिएर डिएनए परीक्षण सुरु गरिएको हो ।

निर्मला प्रकरणमा मुछिएका आयुष सुरेन्द्रका भतिजाका साथै नेपाली कांग्रेस महासमिति सदस्य भुपेन्द्र विष्टका छोरा पनि हुन् ।

‘हाल निलम्बनमा रहेका कञ्चनपुरका तत्कालीन एसपी डिल्लीराज विष्ट, उनका छोरा र मेयरका भतिजाको डीएनए टेस्ट प्रक्रिया अघि बढाएका छौँ’, प्रवक्ता क्षेत्रीले भने, ‘प्रहरी प्रधान कार्यालयले निर्मलाको बलात्कार र हत्या प्रकरणमा पीडितका आफन्तको प्रश्न सम्बोधनका तत्कालीन एसपी विष्टसहित तीनजनाको डीएनए परीक्षण गराउन विधि विज्ञान प्रयोगशालामा प्रक्रिया अघि बढाइसकेका छौँ ।’

प्रहरी प्रवक्ता क्षेत्रीका अनुसार निर्मलाका अभिभावक र आफन्तको गुनासो सम्बोधनसँगै अभियुक्त पत्ता लगाउनका लागि थप प्रमाण जुटाउन डीएनए परीक्षण थालिएको हो ।

‘बिहीबारै एसपी विष्ट, उनका छोरा र मेयरका भतिजाको डिएनए परीक्षणका लागि रगत झिकेर प्रयोगशाला पठाइएको छ’, उनले भने, ‘निर्मलाको डिएनएसँग मेल खाएमा छाड्दैनौ, कारबाही गर्छौँ ।’

यसअघि मुख्य अभियुक्त भनेर २४ दिनसम्म हिरासमा राखिएका  ४१ वर्षीय दिलीपसिंह विष्ट र ११ दिनसम्म हिरासतमा राखिएका चक्र बडूको डिएनए परीक्षण गरिएको थियो । तर ती दुवैको डिएनए निर्मलाको डिएनएसँग नमिलेपछि जनआक्रोश झनै बढेको छ ।

प्रहरीको अर्को समिति

यसैबीच एसपी विष्ट र सीआईबीबाट अनुसन्धान टोलीमा खटिएका प्रहरीको भूमिका शंकास्पद देखिएपछि थप आन्तरिक छानबिनका लागि एसएसपी उत्तम सुवेदीको संयोजकत्वमा नयाँ समिति बनाइएको खुलेको छ ।

प्रहरी प्रधान कार्यालयले भदौ १४ गते नै सुवेदीको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरे पनि बिहीबार मात्रै यो कुरा सार्वजनिक भएको छ ।

स्रोतका अनुसार मुख्य अभियुक्त भनेर २४ दिनसम्म हिरासमा राखिएका दिलीपसिंह विष्ट र ११ दिनसम्म हिरासतमा राखिएका चक्र बडूको डिएनए निर्मलाको डिएनएसँग नमिलेपछि बढेको जनआक्रोशबीच यो कुरा सार्वजनिक भएको हो ।

प्रहरी प्रवक्ता एसएसपी क्षेत्रीले भने प्रहरीको आन्तरिक काम भइरहेको बताउँदै भने, ‘यो छानबिन समिति आकष्मिक होइन, हामीले निरन्तर अनुसन्धान गरिरहेका छौँ ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्