प्रधानमन्त्री ओली सामु निर्मलाका बुबाले रुँदै यसो भने -ववितालाई तगडा बनाइदिनुभो



हाम्रो इकोनोमि

 

प्रधानमन्त्री केपी शर्मा ओलीले नै शंकाको घेरामा रहेकी बम दिदीबहिनीको पक्षमा अभिव्यक्ति दिएको भन्दै निर्मला पन्तका आमाबुबाले चित्त दुखाएका छन् ।

कञ्चनपुरकी १३ वषर्ीया बालिका निर्मलाको बलात्कारपछि हत्या भएको थियो । साउन १० का दिन साथी रोशनी बम कहाँ गएकी निर्मलाको बलात्कारपछि हत्या गरिएको अवस्थामा भोलिपल्ट विहान उखुबारीमा शव भेटिएको थियो ।

 

कञ्चनपुरबासीले आन्दोलन गरेपछि छानविन समिति त बनेको छ तर, हत्यामा संलग्नहरुको अत्तोपत्तो छैन । हत्यामा संलग्नहरुलाई पक्राउ गरी कारबाहीको माग गर्दै पन्तका बाबु यज्ञराज र आमा दुर्गादेवी केही दिनदेखि काठमाडौंमा छन् ।

बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममा निर्मलाका बाबु यज्ञराजले प्रहरीको साथ नपाएको गुनासो गरे ।

आफ्नी छोरीको साइकल भेटियो भन्नसाथ बबिताले ‘साइकल भेटियो भने शव पनि भेटिन्छ होला’ भनेको भन्दै उनले भने, ‘हत्या भएको उसलाई कसरी थाहा भयो ?’

 

बम दिदीबहिनी शंकाको घेरामा रहेको तर, सरकारले उनीहरुलाई सपोर्ट गरेको उनको गुनासो छ । उनले गहभरी आँसु पार्दै भने, यति प्रमाण हुँदाहुँदै सरकारले उल्टै ववितालाई सपोर्ट गर्दैछ । प्रधानमन्त्रीले तगडा बनाइदिएका छन् ।’

 

के भनेका थिए प्रधानमन्त्रीले ?

 

अघिल्लो बुधबार ‘जनतासँग प्रधानमन्त्री’ कार्यक्रममा प्रधानमन्त्री ओलीलाई कञ्चनपुर घटनाबारे सोधिएको थियो ।

 

जवाफमा प्रधानमन्त्रीले समाजलाई विकृतितर्फ लैजाने संगठित प्रयास भइरहेको बताए । घटनाप्रति सरकारको ध्यानाकर्षण भएको र सरकारले एसपी, सीडीओलाई फिर्ता बोलाएर अर्को उच्चस्तरीय छानविन समिति बनाएको बताए । ‘तर, छानविनलाई यसो हुनुहुँदैन । यसो हुनुपर्छ, यसै निष्कर्ष आउनुपर्छ भनेपछि छानविन कसरी हुन्छ ? यसभित्र कुनै राजनीति मिसाइनु हुँदैन’ उनले भने ।

 

राजनीति मिसिएको छ ? भन्ने प्रश्नमा उनले भने, म यति भन्छु कि राजनीति मिसाइनु हुँदैन ।’

 

उनले अघि भने, ‘पोष्टमार्टम गरेर घरमा लगेको शव घरबाट उठाएर मेयरको घरमा पुर्‍याउनुपर्ने । यो के भएको ? परिवारले त शदगद गर्न पो लैजाँदै थियो । उनीहरुबाट खोसेर मेयरको आंगनमा लाश लानु भनेको के हो ?’

 

उनले रोशनी बम र वविता बमको हुर्मत दिने काम भएको भन्दै आपत्ति समेत जनाए । यदि उनीहरु दोषी भए कारबाही गर्ने भन्दै ओलीले भने, तर, कारबाही गर्नुभन्दा अगाडि केके भनिएको छ ? समाजले केके गरेको छ ? यस्तो गर्नुहुन्छ ?’

 

‘तिनीहरु दोषी हुन् कि होइनन् छानविन गर्नुपर्छ । उनीहरु पनि अविवाहित महिला हुन्, तिनका पनि जीवन होला, तिनका पनि सपना होला । तिनको पनि इज्जत छ । यसो गर्थे, उस्तो गर्ने, झुट र अनुचित कुरा उचालेर हुर्मत लिने ? छिमेकी मन नपर्न सक्छ, कुनै पार्टीलाई भोट देलान् । यस्ता कुरा ल्याउनमिल्छ ?’

 

बम दिदीबहिनीमाथि क्रुर आक्रमण भएको प्रधानमन्त्री ओलीको दाबी थियो । घटनापछि प्रहरीले छानविन गरिरहेको बेला आन्दोलन उठेको र हुलदंगा मच्चिएको र सकरारले अर्को छानविन समिति बनाएपछि पनि यस्तो निष्कर्ष आउनुपर्छ भनेर काम गर्न नदिएको प्रधानमन्त्री ओलीको आरोप थियो ।

 

प्रतिक्रिया दिनुहोस
८० औँ जन्मोत्सव मनाउँदै पूर्वराजा ज्ञानेन्द्र शाह

    पूर्वराजा ज्ञानेन्द्र शाहले आफ्नो ८० औं जन्मोत्सव आउँदो असार २३ गते...

युद्धपछि इरान झन् शक्तिशाली

    अमेरिका-इरान सम्झौताको चर्चा चलिरहँदा अमेरिकी गुप्तचर एजेन्सीहरूले नयाँ चेतावनी दिएका छन्...

खुकुरी देखाई युवतीलाई कुटपिट गर्ने रमेश ठाडा पक्राउ

    सामाजिक सञ्जालमा खुकुरी देखाई धम्काएर कुटपिट गरेको भिडियो पोस्ट गर्ने व्यक्ति...

सबै काण्डको फाइल खोल्न एमालेको चुनौती

    नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले अर्थमन्त्री स्वर्णिम वाग्लेको आलोचना गरेका...