निर्मला हत्या प्रकरण अनुसन्धान गर्न गएको सिआइबी टोलीमाथि नै छानबिन गर्न समिति बन्यो



हाम्रो इकोनोमि

 

कञ्चनपुरको भीमदत्तनगरपालिकाकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछिको हत्या घटनाको छानबिन गर्न गएको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीमाथि नै छानबिन हुने भएको छ ।

प्रहरी प्रधान कार्यालयले एसएसपी उत्तम सुवेदीको नेतृत्वमा सिआइबी अधिकृतमाथि छानबिन गर्न समिति केही दिनअघि समिति गठन गरेको थियो । समितिमा पाँच जना सदस्य छन् । समितिले सो टोलीमा गएका प्रहरीको बयान र अनुसन्धान गर्नेछ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले निर्मलाको हत्या घटना छानविनमा सरकार उदासीन देखिएको आरोप लगाउँदै आएको छ । यस्तै निर्मलाका बुबा–आमा काठमाडौं नै आएर छोरीको हत्या घटनाको छानविनको माग गरिरहेका छन् ।

उनीहरुले प्रधानमन्त्री आफूहरुको मागको सुनुवाइ नगरेको गुनासो गरिरहेका बेला यो नयाँ समिति बनेको हो । त्यस्तै निलम्बनमा परेका एसपी डिल्लीराज बिष्टसँग पनि आवश्यक बयान र गल्ती देखिए थप कार्बाही गर्ने तयारी प्रहरी प्रधान कार्यालयले गरेको प्रहरी प्रवक्ता एसएपी शैलेश क्षत्रीले जानकारी दिएका छन् ।

साउन १४ गते सिआइबीका डिएसपी अंगुर जिसी नेतृत्वमा टोली तीन सदस्यीय टोली निर्मला बलात्कार(हत्याको अनुसन्धान गर्न कञ्चनपुर गएको थियो । यो टोलीले भदौ ४ गते दीलिपसिंह बिष्टलाई घटनाका मुख्यअभियुक्त भन्दै सार्वजनिक गरेको थियो ।

बिष्टविरूद्ध किटानी जाहेरी दिन निर्मलाका बुवा–आमालाई दबाब दिएपछि स्थानीयले विरोध गरेका थिए । बिष्ट र निर्मलाको शरीरमा भेटिएको डिएनए नमिलेपछि उनी मंगलबार रिहा भइसकेका छन् । बिष्ट रिहा भएपछि प्रधान कार्यालयले उनलाई अभियुक्त भन्ने सिइआइबी टोलीमाथि अनुसन्धान थालेको हो ।

प्रतिक्रिया दिनुहोस
केपी ओली र प्रचण्डबीच गोप्य भेटवार्ता

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल...

चीन जाने तयारीमा रवि लामिछाने

    रास्वपा सभापति रवि लामिछाने चीन जाने तयारीमा छन् । उच्च सरकारी...

कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा भारी वर्षा हुने

    देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा...

शिक्षा र स्वास्थ्यको कर हटाउने सरकारको निर्णय

    सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट...