कटारी अस्पतालका तीन चिकित्सक एकैचोटी अन्यत्र हिँडेपछि बिरामीको उपचारमा समस्या



हाम्रो इकोनोमि

 

जिल्लाको पश्चिम क्षेत्र कटारी बजारमा अवस्थित कटारी अस्पतालका तीन चिकित्सक एकैचोटी अन्यत्र हिँडेपछि अहिले अस्पतालमा आउने बिरामीको उपचारमा समस्या भएको छ ।

दैनिक ५० देखि १०० को हाराहारीमा उपचारका लागि कटारी अस्पतालमा चिकित्सकलाई दिनभर कुरेर बस्नुपर्ने नत्र अन्यत्र निजी क्लिनिक जान बाध्य हुनुपरेको बिरामीका आफन्त बताउँछन् ।

कटारी–८ सिरीसेका रामप्रसाद पौडेल भन्नुहुन्छ, “एक महिना अगाडिसम्म अस्पतालमा आउने बित्तिकै केही समयमै डाक्टरले उपचार सेवा दिने गर्दथे, अहिले बिरामी लिएर आयो डाक्टर छैनन्, पर्खनुस् भनेर अस्पतालले भन्छ, दिनभरि बस्दा पनि पालो नआएपछि हैरानी खेप्नुपरेको छ ।”

अस्पतालमा जनशक्ति अभाव भएपछि आफ्ना बिरामीलाई निजी क्लिनिकमा महँगो खर्चमा उपचार गर्न बाध्य हुनुपरेको कटारी रिस्कु–३ की कुमारी दनुवार बताउनुहुन्छ ।

 

यस विषयमा कटारी अस्पतालका प्रमुख डा गौरव साहले भन्नुभयो, “तीन जना अस्पतालका डाक्टर अन्यत्र गए, दुईजना यसअघिनै सरुवा लिएर अन्यत्र गए भने एक जना करारका डाक्टरले सरकारीमा नाम निकालेर अन्यत्र गएपछि अहिले अस्पताल सञ्चालन गर्न आफूलाई हम्मे परेको छ ।”

डाक्टर हिँडेपछि बिरामीको चाप थेगिनसक्नु भएको र सम्बन्धित मन्त्रालय तथा विभागमा समेत जानकारी गराए पनि अहिलेसम्म यसको सुनुवाइ नभएको डा साह बताउनुहुन्छ ।

कटारी अस्पतालमा उदयपुरको पश्चिमी क्षेत्र, दक्षिणी ओखलढुङ्गा क्षेत्र र पूर्वी सिन्धुली क्षेत्रदेखि बिरामी ठूलो सङ्ख्यामा उपचारका लागि आउने गरेको अस्पतालका कर्मचारी बताउँछन् ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...