निर्मला हत्याको विरोधमा कांग्रेसद्वारा संसद बैठक अवरुद्ध



 

कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्याको विरोधमा प्रमुख विपक्षी दल नेपाली कांग्रेसले संसद बैठक अवरुद्ध गरेको छ ।

बिहीबार प्रतिनिधिसभाको बैठक सुरु भए लगतै कांग्रेस सांसदहरुले उठेर विरोध गरे । सभामुख कृष्णबहादुर महराले समय दिएपछि कांग्रेस सांसद दिलेन्द्रप्रसाद बडूले निर्मला पन्तको हत्या दिनानुदिन नाटकीय बन्दै गएको बताए ।

‘अनुसन्धानबाट वास्तविक दोषी पत्ता लगाउने भन्दा पनि राज्य संयन्त्र वास्तविकता ढाकछोप गर्न केन्द्रित रहेको देखिन थालेको छ’ उनले भने ‘यो घटनाले राज्य संरक्षित अपराधको स्वरुप लिइरहेको आभाष हुन थालेको छ ।’

यस्तै रोल्पामा तरुण दलका नेताको हत्या भएको र पछिल्लो समय पत्रकारहरुलाई पक्राउ गरिएको भन्दै प्रधानमन्त्रीले संसदमा जवाफ दिनु पर्ने उनले बताए ।

सभामुखले सरकारको ध्यानाकर्षण गराउँदै उपयुक्त समयमा जवाफ दिने जानकारी दिए । तर, कांग्रेस सांसदहरुले तत्काल जवाफ दिनुपर्ने भन्दै संसद अवरुद्ध गररेका छन ।

 

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्