प्रियंका चोपडासँगको पहिलो भेटको कुरा निक जोनसले खुलाए



 

अमेरिकी संगीतकर्मी तथा अभिनेता निक जोनस र अभिनेत्री प्रियंका चोपडाको प्रेम सम्बन्धले औपचारिकता पाएको पनि महिना दिन नाघिसकेको छ ।

 

बलिउडपछि हलिउडमा आफूलाई स्थापित गर्ने क्रममा रहेकी प्रियंका र निकको इनगेजमेन्ट भइसकेको छ । दुवै परिवारका सदस्यबिच भेटघाट पनि भएको छ र निक–प्रियंकाले अहिले औपचारिक रुपमा प्रेम बाँची रहेका छन् । उनीहरुको विवाहको मिति भने सार्वजनिक भएको छैन ।

 

तर पहिलो भेट कसरी भएको थियो र सम्बन्ध कसरी प्रेममा परिणत भयो भन्नेबारे निक जोनसले विस्तृतमा बताएका छन् । २५ वर्षका निक केही दिनअघि अमेरिकी टेलिभिजन शो द टुनाइट शो स्टारिङ्ग जिमी फालोनमा गएका थिए । उनले जिमीसँगको कुरकानीको क्रममा प्रियंकासँगको आफ्नो भेट बारे बताएका हुन् ।

 

निकका अनुसार प्रियंकासँग साथी मार्फत भेट भएको हो, त्यो पनि प्रत्यक्ष होइन ‘भर्चुअल वे’ मा । आफूहरुबिच सबैभन्दा पहिले एसएमएस आदानप्रधान भएको र त्यसमै झण्डै ६ महिना बितेको निकले बताएका छन् ।

 

निकले भने, ‘साँचो कुरा भन्दा साथी मार्फत भेट भएको हो, सुरुमा हामीले एकअर्कालाई म्यासेज गरेका थियौँ । व्यक्तिगत रुपमा भेट भने त्यसको ६ मिहनापछि मात्रै भएको हो ।’

 

त्यसपछि सन् २०१७ को मेट गालामा सँगै रेड सहभागी भएको र त्यो बेलासम्म पनि आफूहरु राम्रो साथी मात्रै रहेको निकले दाबी गरेका छन् । उनले भने, ‘मेट गालामा सँगै गयौँ, हामी राम्रो साथी थियौँ । कुरा त भइरह्यो, र पनि हामी साथी थियौँ र सँगै केही ठाउँमा गयौँ पनि ।’

 

त्यो बेलादेखि नै साथीहरुले ‘तिमिहरु प्रेम सम्बन्धमा हो ?’ भनेर सोध्ने गरेको र आफूहरु साथी मात्रै भएकाले ‘नो’ भन्ने गरेको निकले खुलाए ।

 

तर पाँच मिहनाअघिको भेट भने विशेष बनेछ । उनले भने, ‘झण्डै पाँच महिनाअघि हाम्रो फेरि भेट भयो, मिडियामा कुराहरु आइरहे, हामीलाई पनि लाग्यो सायद प्रेममा छौँ । र अहिले हामी खुशी छौँ।’

 

निकले प्रियंकाको प्रशंसा गर्दै भने, ‘सी इज द बेस्ट ।’

निक अन्तर्वार्ताका लागि जिमीको शोमा गएका थिए । उनी अघि जिमीसँग अन्तर्वार्तामा थिए, प्रियंका तल दर्शक दीर्घामा । प्रियंका आफूसँगै आएको कुरा निकले नै कार्यक्रममा खुलाए । उनले जिमीलाई कानेखुसी गर्दै भने, ‘वास्तवमा उनी अहिले यहिँ छन् ।’

 

निकले यति भनेपछि जिमीले यताउता हेर्न थाले, निकले दर्शक दीर्घामा देखाए । प्रियंकाले उढेर हात हल्लाइन्, उनी खुलेर हाँसेकी थिइन् ।

 

निकले आफूहरुको मुम्बई भ्रमणबारे पनि बताए । प्रियंकाको परिवारलाई आफ्नो सपरिवारसहित भेटेर हिन्दू संस्कार अनुसारको ‘रोका’ गर्दाको अनुभव उनले बताएका हुन् । रोका संस्कार आफू र बुवाआमाले निकै उत्साहका साथ सेलिब्रेट गरेको निकले बताएका छन् ।

 

उनले भने, ‘रोका वास्तवमा दुवै तर्फका परिवारबाट विवाहका लागि हुने आधिकारिक प्रतिबद्धता रहेछ, विशेष पूजा भयो, प्राथना गरियो । सबै परिवारका सदस्यसँग भेटघाट हुनु सबैभन्दा राम्रो पक्ष रह्यो ।’

 

आफ्ना बुवाआमाले रोका संस्कार निकै इन्जोए गरेको निकले जिमीलाई बताएका थिए । रोकापछि इन्स्टाग्राममा प्रियंकासँगको तस्बिर पोस्ट गर्दाको क्षण निकै विशेष रहेको निकले बताएका थिए । इन्स्टाग्राममा तस्बिर राखेपछि आफूहरुको सम्बन्धले औपचारिकता पाएको महसुस भएको निकले बताउँदा प्रियंका हाँसेकी थिइन् ।

 

जिमीले निकसँग ‘प्रियंका–निक’ को कुनै निकनेम भए नभएको बारे सोधे । निकले भने, ‘सी लाइक्स प्रिक’, तर उनलाई त्यति मन परेको रहेनछ यो नाम । निकले यसबारे खुलाउँदा प्रियंका निकै हाँसेकी थिइन् ।

 

प्रियंका र निकको निकनेम जे होला, तर अहिले उनीहरु एकअर्काको प्रेममा गहिरोसँग डुबेका छन् । यो कुरा उनीहरुका पछिल्ला उपस्थितिले देखाउने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
तराइ मधेश समृद्धि कार्यक्रमका लागि दरबन्दी स्वीकृत, तीनवटा कार्यालय खारेज

    सरकारले तराइ मधेश समृद्धि कार्यक्रमका लागि तीन जनाको दरबन्दी स्वीकृत गरेको

सरकारले चुच्चे नक्सा अंकित १०० को नयाँ नोट छाप्ने

    नेपाल राष्ट्र बैंकले चुच्चे नक्सा अंकित १०० रुपैयाँ दरको नयाँ नोट

रवि लामिछानेमाथि इजलासमा दुर्व्यवहार भएको छैन : कास्की प्रहरी

    कास्की प्रहरीले सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति

राजनीति नगर्न एनआरएनएलाई प्रधानमन्त्रीको सुझाव

     प्रधानमन्त्री केपी शर्माले गैरआवासीय नेपाली संघ (एनआरएनए)भित्र राजनीति नगर्न आग्रह गरेका