रुसद्वारा अहिलेसम्मकै विशाल सैन्य अभ्यास शुरु



हाम्रो इकोनोमि

 

रुसले मंगलबार अहिलेसम्मकै सबैभन्दा विशाल सैन्य अभ्यास शुरु गरेको छ ।

लाखौँ सैनिकले एकैसाथ गरेको उक्त अभ्यासमा तीन लाख सेना, ३६ हजार सैनिक गाडी, ८० पानीजहाज र एक हजार विमान, हेलिकोप्टर तथा मानवरहित युद्धक विमान सहभागी हुनेछन् । अभ्यासमा तीन हजार पाँच सय चिनियाँ सेनालेसमेत भाग लिएका छन् ।

रुस र चीन सहभागी विशाल सैन्य अभ्यास गरिने सूचनासँगै उत्तर एटलान्टिक सन्धि संगठन (नेटो)ले सैन्य अभ्यासलाई ‘विशाल द्वन्द्व’ को अभ्यास भन्दै यसको आलोचना गरेको छ ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले उक्त विशाल सैन्य अभ्यासलाई प्रत्यक्ष अवलोकन गर्ने भएका छन् ।

रुसले सुदूरपूर्वी शहर भ्लादिभोस्टोकमा आयोजना गरेको भोस्टोक–२०१८ नाम दिइएको चिनियाँ राष्ट्रपतिलगायतका विश्व नेताहरू सहभागी हुने आर्थिक सम्मेलनमा सहभागिता भएपछि राष्ट्रपति पुटिनले सैनिक अभ्यासको अवलोकन गर्नेछन् ।

रुसी रक्षामन्त्रीले विशाल सैन्य अभ्यास शुरु हुनुपूर्व नै तयारी अवस्थामा राखिएका सैनिक गाडी, जहाज, हेलिकोप्टर र पानीजहाजको भिडियो दृश्यलाई सार्वजनिक गरेका छन् ।

यसैबीच रुसको चीनसँग बढ्दो निकट सम्बन्धबारे सम्मेलनका अवसरमा भाग लिन रुस पुगेका चिनियाँ राष्ट्रपतिसँगको भेटमा रुसी राष्ट्रपतिले मुक्तकण्ठले प्रशंसा गरे । ‘हामीबीच राजनीतिक, सुरक्षा तथा रक्षा क्षेत्रमा विश्वासिलो सम्बन्ध रहेको छ,’ रुसी राष्ट्रपतिले भने ।

उक्त अवसरमा चीनका राष्ट्रपति सीले दुई मुलुकबीचको मित्रता सबै समय मजबुत रहेको बताए । मंगोलियाली सैनिकले पनि सहभागिता जनाउने उक्त सैन्य अभ्यासको नेटोले ‘विशाल द्वन्द्व’को अभ्यास भनी आलोचना गरेको छ ।

सैन्य अभ्यास रुसले पश्चिमी मुलुकका गतिविधिमाथि हस्तक्षेप गरेको भन्ने विषयमा मस्कोमाथि आरोप लगाइएको र उनीहरूबीच तनाब बढेको बेला आयोजना गरिएको छ । पश्चिमा राष्ट्रहरूले युक्रेन र सिरिया रुसी हस्तक्षेपको पनि आलोचना गरिरहेका छन् ।

रुसी सेनाले सैन्य अभ्यासलाई सन् १९८१ मा सोभियत संघले गरेको करिब एक लाख ५० हजार सैनिक सहभागी जापड–८१ (वेस्ट–८१) को विशाल युद्धअभ्याससँग तुलना गरिएको छ ।

रक्षामन्त्री सेर्गेई सोइगुले अहिलेको सैन्य अभ्यास त्योभन्दा अझ विशाल भएको बताए । राष्ट्रपतिका प्रवक्ता दिमित्री पेस्कोभले नेटोद्वारा देखाएको चासोप्रति खण्डन गर्दै यो नियमित सैन्य क्षमता विकासका लागि गरिएको वार्षिक अभ्यास भएको उल्लेख गरे ।

‘यी महत्वपूर्ण अभ्यास पक्कै हुन्, तर यी सेना क्षमता विकासका लागि गरिने वार्षिक कार्यक्रम मात्रै हुन्,’ पेस्कोभले सञ्चारकर्मीसँग बताए ।

प्रतिक्रिया दिनुहोस
अब स्थानीय तहबाटै नापी र मालपोतको सेवा

    स्थानीय तहबाटै नापी तथा मालपोत सेवा दिन २०७ वटा पालिका इच्छुक...

किष्ट हस्पिटल नेपालकै उच्च सफल कलेजो प्रत्यारोपण दरको कीर्तिमान कायम

    किष्ट टिचिङ हस्पिटलले ग्यास्ट्रो विभागको नेतृत्वमा अंग प्रत्यारोपण सेवामा ऐतिहासिक सफलता...

सरकारले लोकतन्त्रको खिलाफमा कदम चाल्यो : प्रचण्ड

   नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बोलाइसकेको संसद् रोकेर अध्यादेश...

आयातित वस्तुको एमआरपीमा सरकार लचक

    आयातित मालवस्तुमा अनिवार्य रूपमा अधिकतम खुद्रा मूल्य (एमआरपी) उल्लेख गर्नुपर्ने व्यवस्थाले...