प्रधानमन्त्री ओलीले भने निर्मला पन्तको हत्यारा जसरी पनि पक्राऊ गर्छौ



हाम्रो इकोनोमि

 

 

प्रधानमन्त्री केपी शर्मा ओलीले कञ्चनपुर घटनाका दोषी ढिलो चाँडो कानूनी दायरामा आउने बताउनु भएको छ ।

 

कञ्चनपुर घटनाको छानबिन गरिरहेको टोलीका सदस्यले नै राजिनामा दिनुलाई गम्भिर षडयन्त्र भएको हुनसक्ने भन्दै प्रधानमन्त्री ओलीले त्यसको पनि छानबिन हुने बताउनुभएको छ ।

आज प्रधानमन्त्री पत्नी राधिका शाक्यले वालुवाटारमा आयोजना गर्नुभएको तीज कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले महिला हिंसाका घटनामा अपराधी नउम्किउन भनेर सरकार सजग रहेको बताउनुभयो ।

 

सरकार यस्ता घटनाका दोषीलाई कारवाहीका लागि कडा कानून ल्याउन लागिरहेको पनि उहाँले बताउनुभयो ।

 

पछिल्लो समयमा तीजका नाउँमा केही तडकभडक पनि देखिन लागेको भन्दै प्रधानमन्त्री ओलीले पुस्तांैदेखि चलिआएको संस्कृतिलाई निरन्तरता दिनुपर्ने तर अनावश्यक खर्च र तडक भडक गर्न नहुने बताउनुभयो ।

 

‘हामी सबै मिलेर हाम्रो परम्परा र संस्कृतिलाई जोगाउनु पर्छ तर पर्वका नाउँमा विकृति भित्र्याउनु हुन्न’ उहाँले भन्नुभयो ।

 

 

पूर्वजले विरासत धानिरहेको सामाजिक मुल्य मान्यता जोगाउन आवश्यक रहेको बताउँदै प्रधानमन्त्री ओलीले वालबच्चालाई कुलतमा फस्न नदिन अभिभावकहरु सचेत हुनुपर्ने बताउनुभयो ।

 

समाजिक सञ्जालमा पनि कतिपय विकृति देखिन लागेको भन्दै सबै अभिभावकहरु होसियार र चनाखो हुन प्रधानमन्त्री ओलीले आग्रह गर्नुभयो ।

 

प्रतिक्रिया दिनुहोस
नयाँ टाटा पञ्च ईभी नेपालभर सार्वजनिक

    नेपालमा लामो समयदेखि बहुप्रतीक्षित मानिएको टाटाको नयाँ ‘पञ्च.ईभी’ काठमाडौँमा जारी ‘नाइमा...

शेरबहादुर देउवा पश्चिमको राजकुमार : शशांक

  नेपाली कांग्रेस राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा. शशांक कोइरालाले पार्टीका पूर्वसभापति...

सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर

    सुबिसु लिमिटेड नेपाल प्रिमियर लिग (एनपीएल)को टोली सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर...

कांग्रेस देउवा समूहको राष्ट्रिय भेला सुरु

     नेपाली कांग्रेसको संस्थापन इतर समूहको राष्ट्रिय भेला सुरु भएको छ ।...