थामियो शेयर बजार



हाम्रो इकोनोमि

 

लगातार ओरालो लाग्दै आएको शेयर बजार आज भने थामिएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक ६.७७ बिन्दुले बढेर एक हजार २१७.६५ बिन्दुमा पुगेको छ ।

 

 

यस्तै ‘क’ वर्गका कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक समेत १.८५ बिन्दुले बढेर २५८.०१ बिन्दुमा पुगेको छ । स्टकका अनुसार आज कारोबार रकममा समेत वृद्धि भएको छ ।

 

कूल १६७ कम्पनीको १० लाख ९७ हजार ९११ कित्ता शेयर ३३ करोड ३२ हजार ७६३ मूल्यमा खरिद बिक्री भएका छन् ।

 

दुई उपसमूहको शेयर ओरालो लागे पनि अरु उपसमूहको शेयर उकालो लाग्दा बजारमा सकारात्मक प्रभाव परेको हो । वित्त क्षेत्र ०.२६ र निर्जीवन बीमा ६५.२८ बिन्दुले घटेको छ ।

 

यस्तै बैंकिङ ७.२३, व्यापार ०.८४, होटल ४९.४८, विकास बैंक १५.६४, जलविद्युत २.८५, उत्पादन २४.७, अन्य ३.७२, माइक्रोफाइनान्स ११.८ र जीवन बीमा १८.६३ बिन्दुले बढेको छ ।

 

किसान माइक्रोफाइनान्स र सूर्योदय लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले आज कमाएका छन् भने राष्ट्रिय बीमा कम्पनी लिमिटेडका संस्थापक लगानीकर्ताले गुमाएका छन् ।

 

प्रतिक्रिया दिनुहोस
पत्रकार टेकराज थामीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार प्रदान

    क्रियासिल पत्रकार मञ्च भक्तपुरले बिभिन्न व्यक्तिहरुलाई पत्रकारिता पुरस्कार एवं सम्मान प्रदान...

बुढीगण्डकी बाढीले ६ वटा पुल बगायो, १० जना सम्पर्कविहीन

    बूढीगण्डकी बाढीले ६ वटा पुल बगाएको छ भने कम्तीमा १० जना...

बूढीगण्डकी बाढीले आरुघाट-धादिङ जोड्ने पुलपनि बगायो

    बूढीगण्डकी नदीमा आएको भीषण बाढीले आरुघाट र धादिङ जोड्ने मोटरेबल पुल...

बूढीगण्डकी बाढीले दुई झोलुङ्‍गे र एउटा फलामको पुल बगायो

    गोरखा बूढीगण्डकीमा आइतबार बिहान आएको आकस्मिक बाढीले दुई वटा झोलुङ्गे पुल...