ओली र प्रचण्डले थाले माधव नेपालसँग छलफल, फेरी सचिवालय बैठक सार्ने तयारी



हाम्रो इकोनोमि

तल्ला कमिटी र जनवर्गीय संगठनहरु एकता गर्न बनेका कार्यदलहरुले अन्यायपूर्ण सिफारिस गरेपछि रुष्ट बनेका वरिष्ठ नेता माधवकुमार नेपालसँग नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले छलफल सुरु गरेका छन् ।

प्रदेश, जिल्ला कमिटी र जनवर्गीय संगठनहरुलाई एकता गरी बन्ने नयाँ कमिटीको नेतृत्व हत्याउन सवै प्रकारका गुटहरु सक्रिय बनेका छन् । विधि र प्रक्रियाभन्दा बाहिर गएर नेतृत्व सिफारिस हुन थालेपछि प्रदेश, जिल्ला र जनवर्गीय संगठनहरुमा विवाद चुलिएको छ । विवाद चुलिदै गएपछि नेकपाको सचिवालय र स्थायी कमिटीको बैठक प्रभावित हुँदै आएको छ ।

एकता कार्यदलहरुले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको नाममा गुट आतंक नै मच्चाएका छन् । उनीहरुको शैलीप्रति अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाल र बामदेव गौतम असन्तुष्ट छन् । उनीहरु सवैको असन्तुष्टीलाई सम्वोधन गर्न दुई अध्यक्षले छलफल थालेको धुम्वारी स्रोतले बताएको छ ।

अध्यक्ष दाहाल, वरिष्ठ नेता नेपाल, खनाल र गौतम विधि बनाएर तल्ला कमिटीहरु निर्माण गर्नु पर्ने पक्षमा छन् भने अध्यक्ष केपी ओलीले यस बिषयमा औपचारिक कुनै प्रतिक्रिया दिएका छैनन् । विधि बनाउने कि सिफारिसका आधारमा नेतृत्व निर्माण गर्ने ? भन्ने बिषयमा तीन नेताबीच छलफल चलेको छ ।

सोमवार प्रधानमन्त्री ओली र नेता नेपालबीच छलफल भएको थियो भने अपरान्न दाहाल र नेपालबीच टेलिफोन सम्वाद भएको थियो । ‘तीन नेताबीच एकै पटक बसेर कुनै छलफल भएको छैन, तर एक्ला एक्लै नेताहरुबीच छलफल चलिरहेको छ’ नेपालका स्वकीय सचिव मोहन गौतमले भने ।

तीन नेताबीच छलफल सुरु भएपछि बुधवारलाई डाकिएको सचिवालय बैठक पनि स्थगित हुने भएको छ । तीन नेताबीच सहमति जुटेपछि मात्र सचिवालय डाक्ने पक्षमा नेताहरु पुगेका छन् । तर सोमबार दुई अध्यक्षले बुधवार सचिवालय बैठक बोलाउने तयारी गरेका थिए ।

सचिवालय सदस्य नारायणकाजी श्रेष्ठ पनि देश वाहिर जाँदैछन् । उनले आफु नआएसम्म सचिवालयको बैठक नवोलाउन दुवै अध्यक्षलाई आग्रह गरेको स्रोतले बताएको छ ।

 

प्रतिक्रिया दिनुहोस
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी

    राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेका छन् । यसअघि...

विद्यार्थी संघ–संगठन खारेज गर्ने निर्णयविरुद्ध कारण देखाऊ आदेश

  शैक्षिक संस्थाबाट विद्यार्थी संघरसंगठन खारेज गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दायर भएको...

स्मार्ट टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक जोशी पक्राउ

     स्मार्ट टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सर्वेश जोशी पक्राउ परेका छन् ।नेपाल...

नबिल बैंकको केन्द्रीय कार्यालयमा नर्सिङ रुमको सुरुवात

    नबिल बैंक लिमिटेडले तीनधारास्थित केन्द्रीय कार्यालयमा नबिल नर्सिङ रुमको सुरुवात गरेको...