भृकुटीमण्डपमा नाडा अटो शो सुरुवात



हाम्रो इकोनोमि

 

 

राजधानीको भृकुटीमण्डपमा नाडा अटो शो को भव्य सुरुवात गरिएको छ ।

 

अर्थमन्त्री डा. युवराज खतिवडाले उद्घाटन गरेको कार्यक्रममा सुरुवातकै दिनदेखि अवलोकनकर्ताहरुको भिड लागेको छ । मंगलबार मध्यान्ह उद्घाटन गरिएको नाडा अटो शो मा चार पाङ्ग्रे, दुई पाङ्ग्रे तथा स्पेयर पाट्र्स तथा अन्य एसेसरिजहरु बिक्री गरी पाँच अर्बभन्दा बढि करोबार गर्ने लक्ष्य लिइएको छ ।

अटोमोबाइल्स डिलर्स एशोसिएशन अफ नेपाल (नाडा) र जेम्सको संयुक्त आयोजनामा मंगलबारदेखि सुरु भएको भेला यही भदौं ३१ गतेसम्म जारी रहनेछ ।

मेलाको उद्घाटन गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले व्यापार घाटा कम गर्न अटो मोबाइल क्षेत्रमा कर बढाएको बताएका छन् । मन्त्री खतिवडाले ऋणमा आधारित उपभोगले आर्थिक विकास नहुने उल्लेख गर्दै जनताको जीवनस्तर माथि उकास्न सरकार प्रयत्नशील रहेको समेत बताए ।

 

आम्दानीमा आधारित उपभोग वृद्धिले मात्रै अर्थतन्त्र विस्तारमा सहयोग पुर्याउने मन्त्री खतिवडाको भनाई छ ।

नाडा अटो शोको उद्घाटन कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले देशमा अर्थतन्त्र बुझेको अर्थमन्त्री आएको भन्दै खुसियाली मनाउँदै गर्दा अपेक्षाअनुसार काम नभएको उल्लेख गरिन् ।

 

अध्यक्ष राणाले भनिन्, ‘अर्थमन्त्रीले हामीले नभनीकन बुझ्नु हुन्छ, हामीले केहि भनिरहनु पर्दैन भन्ने लागेको थियो तर हामीले धेरै नै अपेक्षा गरेका रहेछौँ ।’

कार्यक्रममा नाडा अटो मोवाइल एसोसिएसनका अध्यक्ष शम्भुप्रसाद दाहालले सरकारले अटो मोवाइलमा अत्याधिक कर बढाउदा यस वर्ष १.५ प्रतिशतले बिक्री घटेको तथ्याङ्क प्रस्तुत गरेका थिए ।

मेलामा १९ वटा ब्राण्डका ४ पाङग्रे तथा २० वटा ब्राण्डका २ पाङग्रे सवारीसाधनहरू प्रदर्शनीमा राखिएका छन् । अटो शोमा यस वर्ष ७१ कम्पनीहरूको सहभागिता रहेको छ ।

मेलामा विद्युतीय कारमा मानिसहरुको आकर्षण बढेको देखिएको छ । महिन्द्रा, कियालगायतका कम्पनीले भित्राएको ब्याट्रीबाट चल्ने कारहरुमा अवलोकनकर्ताहरुले चासो दिएका छन् ।

 

प्रतिक्रिया दिनुहोस
पत्रकार टेकराज थामीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार प्रदान

    क्रियासिल पत्रकार मञ्च भक्तपुरले बिभिन्न व्यक्तिहरुलाई पत्रकारिता पुरस्कार एवं सम्मान प्रदान...

बुढीगण्डकी बाढीले ६ वटा पुल बगायो, १० जना सम्पर्कविहीन

    बूढीगण्डकी बाढीले ६ वटा पुल बगाएको छ भने कम्तीमा १० जना...

बूढीगण्डकी बाढीले आरुघाट-धादिङ जोड्ने पुलपनि बगायो

    बूढीगण्डकी नदीमा आएको भीषण बाढीले आरुघाट र धादिङ जोड्ने मोटरेबल पुल...

बूढीगण्डकी बाढीले दुई झोलुङ्‍गे र एउटा फलामको पुल बगायो

    गोरखा बूढीगण्डकीमा आइतबार बिहान आएको आकस्मिक बाढीले दुई वटा झोलुङ्गे पुल...