निर्मला हत्या प्रकरण : ‘दिलिपको डिएनए मिलेन’



हाम्रो इकोनोमि

 

 

निर्मला पन्तको हत्यामा संलग्न भनि प्रहरीले पक्राउ गरेका दिलिपसिंह विष्टको डिएनएन नमिलेको खबर आएको छ ।

कञ्चनपुर अदालतमा पेश गर्नु अघि नै उनको डिएनए म्याच नगरेको खबर आएको हो । फरेन्सिक साइन्स अर्थात् विधि विज्ञान प्रयोगशालाले दिएको रिपोर्टमा निर्मलाको डिएनए र दिलिपसिंह विष्टको डिएनए फरक भएको पाइएको छ ।

 

पत्रकार महासंघ कञ्चनपुर शाखाका पूर्व अध्यक्ष एवं पत्रकार लक्ष्मण तिवारीका अनुसार दिलिपको डिएनए नमिलेको पुष्ट खबर हो । उनले यो विश्वस्त रुपमा भित्रैबाट आएको खबर हो, भने । यो रिपोर्टबारे जिल्ला अदालत कञ्चनपुरलाई जानकारी गराइसकिएको बताइएको छ ।

 

यद्यपि, अदालतले डिएनए नमिलेको भनेर दिलिपलाई रिहा गरिसकेको अवस्था भने होईन । गएको आईतबार थपेको म्याद सकिन लागेकाले उनलाई अदालतमा पेश गर्ने तयारी छ ।

पत्रकार तिवारीका अनुसार बेलुकी ५ बजेसम्म दिलिपलाई तारेखमा रिहा गरेकाे खबर अाउन सक्छ । यस्तै, बम दिदीबहिनीलाई समेत तारेखमा छोड्ने सम्भवना रहेको बताइएको छ ।

 

प्रतिक्रिया दिनुहोस
पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...

ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित

  ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल फाइनान्स’ द्वारा प्रदान...

सर्बियामा विद्यार्थी आन्दोलनको जित

    सर्बियाका दक्षिणपन्थी नेता तथा पूर्व राष्ट्रपति आलेक्जान्दर बुचिचको १४ वर्ष लामो...

आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...