छानविन समितिबाट राजीनामा दिएका केसीलाई राज्यले सुरक्षा दिन्छ : गृहमन्त्री थापा



 

 

गृहमन्त्री रामबहादुर थापाले निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको अनुसन्धान गर्न गठन गरिएको उच्चस्तरीय छानविन समितिबाट राजीनामा दिएका वीरेन्द्र बहादुर केसीलाई राज्यले सुरक्षा दिने बताएका छन् ।

 

काभ्रेको बनेपा जिल्ला सहकारी संघले आयोजना गरेको ५१ औँ स्थापना दिवसको अवसरमा गृहमन्त्री थापाले गृहमन्त्रालयको काम शान्ति सुरक्षा दिने भएकाले निर्मला हत्या प्रकरणको अनुसन्धान गर्न गठित उच्चस्तरी छानविन समितिका सदस्य केसीलाई राज्यले सुरक्षा दिने बताएका हुन् । साथै उनले केसीको राजीनामा सम्बन्धमा पनि छानविन भइरहेको बताए ।

 

कार्यक्रममा उनले मन्त्री फेरबदल हुने भन्ने कुरा हल्ला मात्रै भएको बताउदै पार्टी एकताको प्रक्रिया चलिरहेको र पूर्ण नभएकाले अस्तव्यस्त जस्तो देखिए पनि असन्तोष र असहमति नभएको बताए ।

 

गृहमन्त्री थापाले राष्ट्रको आवश्यकता विकास र समृद्धि रहेको भन्दै विकास र सृमद्धि भनेको नै सामाजवाद हो यसले मात्रै मुलुकमा आर्थिक परिर्वतन ल्याउन सक्ने बताए । देशको विकास र समृद्धिको अभियानमा सहकारी संस्थाले गरेको क्रियाकलापले महत्वपूर्ण भूमिका पुर्याउने उनले विश्वास व्यक्त गरे ।

 

उनले अब सहकारी संस्थाले उत्पादन र आर्थिक क्षेत्रमा साना–साना पूँजीलाई सङ्कलन गरेर ठूलो पूँजीमा परिणत गर्ने र त्यहीबाट ठूलो व्यवसाय गर्ने बाटोतर्फ उन्मुख हुनुपर्ने बताए ।

 

गृहमन्त्री थापाले जिल्ला सहकारी सङ्घले प्रकाशन गरेको सहकारीसम्बन्धी पुस्तक जुइनोको दोस्रो अङ्क विमोचन गरे ।

 

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्