दिपकराज जोशीलाई महाअभियोग लगाउन नेकपाको तयारी



हाम्रो इकोनोमि

 

 

संसदीय सुनुवाइबाट अस्वीकृत भएका दीपकराज जोशीलाई सर्वोच्च अदालतको काममा फर्केमा महाअभियोगको सामना गर्न तयार रहन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले चेतावनी दिएको छ।

संसदीय सुनुवाइबाट अस्वीकृत भइसकेको व्यक्ति न्यायाधीशका लागि अयोग्य हुने भएकाले सर्वोच्च फर्कन नमिल्ने नेकपाको तर्क छ। तर जोशीले बिदा समाप्त भएलगत्तै आफू सर्वोच्च फर्कने बताइरहेको समयमा नेकपाका सांसदहरुले जोशीलाई महाअभियोग लगाउने सन्देशसमेत पठाएका छन्।

एक कर्मचारीमार्फत जोशीलाई सुनाइदिनु भनी ‘कि त महाअभियोगका लागि तयार रहन नत्र अदालत नफर्कन’ भनिएको स्रोतले बतायो। तर जोशीले सोमबार  आफू सर्वोच्च छिट्टै फर्कने बताएका थिए।

जोशीले प्रधानन्यायाधीश ओमप्रकाश मिश्रलाई आफैले सर्वोच्च परिसरमा स्वागत गरेका थिए। पदभार हस्तान्तरणसँगै आयोजित पत्रकार सम्मेलनमा समेत उनी मिश्रसँगै बसेका थिए। मिश्रलाई जोशीको बारेमा प्रश्न गर्दा सबै जना मिलेर जाने बताएका थिए। तर मंगलबार जोशी सर्वोच्च हाजिर भएका छैनन्। मिश्रले उनको नाममा मुद्दाको पेशी तोकेका छैनन्।

नेकपाका एक नेताले हिजै जोशीलाई महाअभियोग लाग्ने सन्देश अदालतका एक कर्मचारीमार्फत पठाएको बताए। पहिलो विकल्पको रुपमा राजीनामा गरेर अदालत र आफ्नो गरिमा बचाउन समेत उनीहरुको सन्देशमा भनिएको छ। तर राजीनामा दिने कुरामा जोशीले अस्वीकार गर्दै आएका छन्।

राजीनामा दिने/नदिने विषयमा जोशीले भने, ‘अहिले यस्तो कुनै पनि योजना छैन। म न्याय सम्पादानका लागि सर्वोच्च फर्किन्छु, अहिले यति मात्र सोचेको छु।’

यसअघि सुनुवाइ समितिबाट जोशीको नाम अनुमोदन नभएपछि उनले राजीनामा दिनुपर्ने कानुनविद्हरुले बताउँदै आएका थिए। ‘मैले राजीनामा नै दिनुपर्ने कुनै त्यस्तो कार्य गरेको छैन, किन दिनु?’ जोशीले प्रतिप्रश्न गरेका थिए।

जोशीको नाम सुनुवाइ समितिबाट अस्वीकृत भएपछि मिश्रको नाम संवैधानिक परिषद्ले भदौ ७ गते सिफारिस गरेको थियो। सुनुवाइका क्रममा चित्तबुझ्दो जवाफ नआएको भन्दै जोशीको नाम गत साउन १८ गते संसदीय सुनुवाइ विशेष समितिले अस्वीकृत गरेको थियो। करिब एक वर्ष कार्यावधि रहेका जोशी मिश्रले अवकाश पाएपछि पुनः वरीयताको पहिलो नम्बरको न्यायाधीश हुनेछन्।

मिश्रले पुस १८ गते पदबाट अवकाश पाउनेछन्। करिब ४ महिना मिश्र सर्वोच्चको नेतृत्वमा रहँदा जोशी उनीपछिको वरीयतामा बसेर काममा फर्किन सक्ने आकँलन गरिएको छ। आफ्नो नाम अस्वीकृत भएपछि उनी बिदामा बसेको नेपाललाईभले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...

ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित

  ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल फाइनान्स’ द्वारा प्रदान...

सर्बियामा विद्यार्थी आन्दोलनको जित

    सर्बियाका दक्षिणपन्थी नेता तथा पूर्व राष्ट्रपति आलेक्जान्दर बुचिचको १४ वर्ष लामो...

आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...