बामदेवलाई सांसद बनाउने ओलीले थाहा पाएपछि रोके बुढालाई, रुकुम पूर्व प्रचण्डको रोजाइमा



हाम्रो इकोनोमि

 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा आन्तरिक विवादले उग्ररुप लिएपछि उच्च तहका नेताहरु आपसमा तिक्तता साधेर बसेका छन् ।

 

नेता बामदेव गाैतम भने संसदमा आफ्नो आवश्यकता भएपनि प्रधानमन्त्री आेलीले यसलाई मनन गर्न नसेको भन्दै प्रचण्ड कहाँ गुनासो गर्न पुगेको स्रोतको दावी छ ।

 

गाैतमलाई सांसद बनाउन डोल्पा उपयुक्त हुने भन्दै पर्यटन राज्यमन्त्रीसमेत रहेका डोल्पाका सांसद धनबहादुर बुढालाई पार्टीका उपल्ला नेताहरुले निर्वाचन क्षेत्रमा माहोल बनाउन पठाएका थिए ।

 

तर, उनी माहिल बनाएर आउनुको साटो राजीनामा नदिने सर्तमा फर्किए । जसको कारण गाैतमलाई संसद भवन छिर्ने बाटो बन्द जस्तै बन्न पुग्यो ।

 

नेकपामा केहि न केहि गरेरै बस्ने नेताका रुपमा चिनिएका गाैतमसंग ठूलै जमात छ । जसका कारण पनि प्रचण्ड आगामि महाधिवेशनलाई टार्गेट गरेर गाैतम कार्ड खेल्दै आएका छन् ।

 

प्रचण्डले गाैतमलाई जुनै पनि हालतमा सांसद बनाउने वाचा दिइ सकेका कारण अब उनी रुकुम पूर्वकी सांसद कमला रोक्कालाई राजीनामा गराउने खेलमा लागेका छन् । रोक्काले अहिलेसम्म पार्टीले कुनै आैपचारीक जानकारी नगराएको भन्दै यसबारेमा खासै बोल्न चाहिनन् ।

 

यसका साथै नेकपामा मै प्रचण्डले प्युठानबाट निर्वाचित सांसद पद्मा अर्याललाई समेत प्रस्ताव गरेका छन् । तर, अर्यालको तुलनामा प्रचण्डलाफई सजिलो भने रोक्का नै हुने देखिन्छ ।

 

वाइसीएल पूर्व अध्यक्ष, पूर्व आपुर्ति मन्त्री तथा रुकुम पूर्वका सांसद समेत रहेका गणेशमान पुन ‘रश्मी’ प्रचण्डका निकट नेताका रुपमा चिनिन्छन् । प्रचण्डले आफ्नो बोली खेर नजाने गरि रोक्कालाई नै राजीनामा गर्न लगाउने तयारी थालेको स्रोतको भनाई छ ।

 

उसो त गाैतमलाई सांसद बनाउनका लागि नवराज सिलवाललाई समेत विकल्पका रुपमा राखिएको छ ।  तर, ललितपुरमा निर्वाचन हारिने डर गाैतममा रहेकाले जित सुनिश्चित हुने स्थानको खोजीमा उनी रहेको जनाइन्छ ।

 

तर, सिलवाल प्रधानमन्त्री आेलीका खास मान्छे भएकाले समेत आेलीले यसबारे धेरै बोल्न नरुचाउने जनाइन्छ ।

प्रतिक्रिया दिनुहोस
केपी ओली र प्रचण्डबीच गोप्य भेटवार्ता

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल...

चीन जाने तयारीमा रवि लामिछाने

    रास्वपा सभापति रवि लामिछाने चीन जाने तयारीमा छन् । उच्च सरकारी...

कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा भारी वर्षा हुने

    देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा...

शिक्षा र स्वास्थ्यको कर हटाउने सरकारको निर्णय

    सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट...