योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम एक महिनाभित्रै: मन्त्री बिष्ट



हाम्रो इकोनोमि

 

सरकारले डेढ महिनाभित्र श्रमिकहरुको योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम कार्यान्वयन गर्ने घोषणा गरेको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण बिष्टले डेढ महिनाभित्र श्रमिकहरुको योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम कार्यान्वयन गर्न लागिएको जानकारी दिएका हुन् ।

प्रतिनिधिसभा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको मंगलबारको बैठकमा ‘रोजगारीको हक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथिको छलफलमा भाग लिँदै उनले सरकारले चालु आर्थिक वर्षबाटै श्रमिकहरुको योगदानमा आधारित कार्यक्रम सरुआत गरेको पनि स्मरण गराए ।

मन्त्री विष्टले अनौपचारिक क्षेत्रमा काम गर्ने मजदुरहरुले पनि योगदानमा आधारित सामाजिक सुरक्षा भत्ता पाउने व्यवस्था गर्न लागिएको पनि समितिलाई जानकारी दिए ।

उनले श्रमिकहरुको पेनसनका सम्बन्धमा पनि सरकारले आवश्यक निर्णय लिने प्रतिवद्धता व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस
एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...

कांग्रेस महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि सहभागी...

देउवा पक्षको अधिवेशनमा जानेलाई कारबाही गर्ने कांग्रेसको चेतावनी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया चलिरहेका बेला पार्टीको आधिकारिक प्रक्रियाबाहिर हुने...