अर्धभूमिगत सीके राउत खोज्दै प्रहरी, काहाँ छ राउत, किन भेटदैन प्रहरीले



 ३ असोज  अर्थात नेपालको संविधान २०७२ जारी भएको दिन । ३ असोजलाई नेपाल सरकारले संविधान दिवसको रुपमा मनाउँदै आइरहेको छ । तर, स्वतन्त्र मधेश गठबन्धनका अध्यक्ष सीके राउत ३ असोजलाई कालो दिवस मनाउने तयारी गरेका छन् ।

तराई मधेशमा विखण्डनका नारा लगाउँदै आइरहेका राउतले संविधान जारी भएको दिन ३ असोजमा जनकपुरमा आमसभा गर्ने तयारी गरेका छन् । राउत समर्थकहरुले सामाजिक सञ्जालमार्फत ३ गते जनकपुरमा हुने आमसभामा सहभागी हुन सर्वसाधारणलाई अपिल गरेका छन् ।

स्वतन्त्र मधेश गठबन्धनका एक कार्यकताले संविधानविरुद्ध आफूहरुले ३ असोजमा जनकपुरमा विरोध कार्यक्रम गर्न गइहरेको बताए । गठबन्धनका कार्यकर्ता एसएन मण्डलले आमसभामा अध्यक्ष राउतपनि सहभागी हुने दाबी गरे ।

नेपाल समयसँग कुरा गर्दै मण्डलले आमसभास्थल तय नभएपनि जनकपुरको रामानन्द चोकमा कार्यक्रम हुन सक्ने बताए । राउत त प्रहरीको खोजी सूचीमा रहेको प्रश्नमा मण्डलले भने,‘हामी आमसभा गर्छौं र राउतजी पनि सहभागी हुनुहुन्छ ।’

यसअघि खुल्ला सभागर्न प्रशासनले अवरोध गर्दै आइरहेको जिज्ञासामा मण्डलले प्रशासनले गर्ने गरेको अवरोधको आफूहरुलाई मतलब नरहेको जिकीर गरे । गठबन्धनका संयोजक राउत अहिले कताछन् भन्ने प्रश्नमा मण्डलले बोल्न चाहेनन् ।

राउतको कार्यक्रमका विषयमा आफूहरुले सञ्चार माध्यमबाट जानकारी पाएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम लामिछानेले बताए । ३ असोजमा हुने राउतको कार्यक्रमबारे विभिन्न सञ्चार माध्यममा आइरहेको सूचनाहरुलाई आफूहरु विश्लेषण गर्ने क्रममा रहेको उनले बताए ।

संविधानको अधिनमा रहेर गरिने कुनैपनि कार्यक्रममा अवरोध गर्ने आफूहरुको सोच नरहेको प्रमुख जिल्ला अधिकारी लामिछानेले बताए । यद्यपी सरकारको निर्देशन कुरेर बसी रहेको उनको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी दीपेन्द्रबहादुर शाहीले राउतलाई गिरफ्तार गर्न हालसम्म आफूहरुलाई कुनै निर्देशन नआएको दाबी गरे । ३ असोजमा उनले गर्न लागेको कार्यक्रमबारे समेत आफूहरुले आधिकारिक रुपमा कुनै जानकारी नपाएको उनको भनाइ छ ।

यसअघि जनकपुरधाम उपमहानगरपालिका–४ स्थित माछा बजार नजिक भाडाको घरमा बस्दै आएका स्वतन्त्र मधेश गठबन्धनका अध्यक्ष डा.राउतले अहिले आफ्नै घर बनाएका छन् । राउत अहिले जनकपुर–८ मा आफ्नो नीजि घरमा बस्दै आएका छन् ।

प्रहरीको निरन्तर खोजीमा रहेका राउतले आफ्नो घरमा सीसी टीभी क्यामरा जडान गरेका छन् । सुरक्षाको दृष्टिकोणले उनी आफ्नो घरमा सीसी टीभी क्यामरा जडान गरेको उनका कार्यकर्ताहरु बताउँछन् ।

यता नेपाल प्रहरीले भने राउतलाई खोज्ने अभियान तीव्र बनाएको बताइएको छ । प्रहरीका अनुसार राउत पछिल्लो समय अर्धभूमिगत अवस्थामा छन् ।
प्रहरीका एक उच्च अधिकारीका अनुसार गोप्य रुपमा राउतको गतिविधि राज्यको कानुनलाई चुनौती दिने खालका रहेकोले निगरानी बढाइएको हो । राउतलाई पटक–पटक समातेर राज्यविप्लवको मुद्दा चाइएपनि उनी अदालतको आदेशअनुसार रिहा हुँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्