नेपाल चीन ऊर्जा संयन्त्र बैठक असोजमा



हाम्रो इकोनोमि

 

 

 

नेपाल र चीनबीचको ऊर्जा क्षेत्रमा सहयोग आदान–प्रदानका लागि गठित उर्जा संयन्त्रको पहिलो बैठक आगामी असोज ११ र १२ गते काठमाडौँमा हुने भएको छ ।

ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले बैठकको मिति तय गरेको जनाएको छ । मन्त्रालयका अनुसार आगामी सेप्टेम्बर २७ र २८ गते संयन्त्रको पहिलो द्विपक्षीय बैठक काठमाडौँमा टुङ्गो लागेको छ । नेपालले गरेको बैठकको प्रस्तावमा चीनले सहमति जनाएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको गत असार ५ देखि १० गतेसम्म भएको चीन भ्रमणका क्रममा दुई देशबीच ऊर्जा सम्झौतामा हस्ताक्षर भएको थियो । नेपालका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन र चीनका ऊर्जामन्त्री नुर बेक्रीले उक्त समझदारीपत्रमा हस्ताक्षर गरेका थिए ।

उक्त समझदारी अनुसार दुवै देशले ऊर्जा क्षेत्रलाई मध्यनजर गरेर संयुक्त कार्यान्वयन संयन्त्र बनाउने सहमति भएको थियो । नेपालले उक्त सम्झौताअनुसार नै सात सदस्यीय संयन्त्र निर्माण गरेको छ । त्यसको सहअध्यक्षमा ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका सचिव अनुपकुमार उपाध्याय रहेका छन् ।

समितिमा ऊर्जा महाशाखा हेर्ने सहसचिव, ऊर्जाकै कानून हेर्ने सहसचिव, परराष्ट्र मन्त्रालयको चीन महाशाखा हेर्ने सहसचिव, विद्युत् विकास विभागका महानिर्देशक, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक सदस्य रहने र मन्त्रालयकै सिनियर डिभिजनल इञ्जिनियर सदस्य सचिव रहेका छन् ।

ऊर्जामन्त्री पुनले चीनसँग भएका सहमतिलाई अघि बढाउन संयन्त्रको बैठक बोलाउने निर्णय भएको जानकारी दिए । चिनियाँ पक्षले बैठकमा सहभागिता जनाउनुअघि एजेण्डा पठाउन नेपाली पक्षसँग आग्रह गरेको छ ।

ऊर्जामन्त्री पुनसहित ऊर्जा मन्त्रालयका उच्च अधिकारी सम्मिलित बैठकले चीनलाई पठाउने कार्यसूची समेत तय गरिसकेको छ । बैठकमा नेपाल–चीनबीचको अन्तरदेशीय प्रशारण लाइन र ग्रिड कनेक्सन, दुई देशबीचमा संयुक्त रुपमा निर्माण गर्न सकिने सम्भावित जलविद्युत् परियोजना र ऊर्जा क्षेत्रमा गर्न सकिने अन्य सम्भावनाबारे छलफल गर्ने कार्यसूची छ । यस्तै केही महत्वपूर्ण प्रशारण लाइन तथा जलविद्युत् आयोजनाका बारेमा समेत संयन्त्रमा छलफल हुने कार्यसूची छ ।

प्रतिक्रिया दिनुहोस
नयाँ टाटा पञ्च ईभी नेपालभर सार्वजनिक

    नेपालमा लामो समयदेखि बहुप्रतीक्षित मानिएको टाटाको नयाँ ‘पञ्च.ईभी’ काठमाडौँमा जारी ‘नाइमा...

शेरबहादुर देउवा पश्चिमको राजकुमार : शशांक

  नेपाली कांग्रेस राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा. शशांक कोइरालाले पार्टीका पूर्वसभापति...

सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर

    सुबिसु लिमिटेड नेपाल प्रिमियर लिग (एनपीएल)को टोली सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर...

कांग्रेस देउवा समूहको राष्ट्रिय भेला सुरु

     नेपाली कांग्रेसको संस्थापन इतर समूहको राष्ट्रिय भेला सुरु भएको छ ।...