३० हजार घुस लिँदालिँदै इन्स्पेक्टर रङ्गेहात पक्राउ



 

पक्राउ परेका व्यक्तिलाई अनुसन्धान नै नगरी छाडिदिने भन्दै ३० हजार घुस लिएको आरोपमा एकजना इन्स्पेक्टर अख्तियारको फन्दामा परेका छन् ।

 

इलाका प्रहरी कार्यालय मैनापोखर बर्दियाका कार्यालय प्रमुखसमेत रहेका इन्स्पेक्टर गणेशसिंह महताले पक्राउ परेका एक व्यक्तिलाई छाडिदिने आश्वासन दिई ३० हजार रुपैयाँ घुस लिँदैगर्दा आइतबार साँझ अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो ।

 

इन्स्पेक्टर महताले स्थानीय मध्यस्थकर्ता मैयाँ पौडेलमार्फत् पक्राउ परेका व्यक्तिलाई अनुसन्धान नै नगरी छाडिदिने शर्तमा उक्त रकम घुसवापत मागेका थिए ।

 

प्रहरीले नै घुस मागेको भन्दै यसबारेको उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेपछि आयोगको कार्यालय नेपालगञ्जबाट गएको टोलीले इन्स्पेक्टर महतासहित मध्यस्थकर्ता पौडेललाई समेत नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ ।

दुर्घटनामा एकको मृत्यु, दुई घाइते

आज बिहान शारदा नगरपालिका–१३ स्यानीखालबाट श्रीनगर आउँदै गरेको लु१च ५६६४ नं पिकअप शारदा नगरपालिका–१३ डाँगीमोडमा दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
मृत्यु हुनेमा बागचौर नगरपालिका–१० पिपलनेटा निवासी ५५ वर्षीया हुकुमी विक रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

 

यसैगरी घाइते हुनेमा मृतकका श्रीमान ६५ वर्षीय बलबहादुर विक र चालक सोही ठाउँका २१ वर्षीय कमल विक रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरीक्षक वीरेन्द्रबहादुर शाहीले जानकारी दिनुभयो ।

 

घाइते दुवैको श्रीनगरस्थित स्थानीय मेडिकलमा उपचार भइरहेको शाहीले बताउनुभयो । बलबहादुरको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । पिकअप सडकबाट झण्डै २०० मिटर तल खसेको र दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

फोहरबाट ऊर्जा उत्पादन गर्ने तयारी

घोराही उपमहानगरपालिकाले गल्ने फोहरबाट ऊर्जा उत्पादन गर्ने तयारी गरेको छ ।
उपमहानगरपालिकाले फोहरबाट ऊर्जा उत्पादन गर्नेका लागि इच्छुक लगानी गर्ने चाहने कम्पनीलाई छनोट गर्नका लागि गएको आर्थिक वर्षमा बोलपत्र माग गरेर कम्पनीसमेत छनोट गरेको छ ।

 

माग गरेको बोलपत्रमा नेपाल इनर्जी डेभलपमेन्ट कम्पनी प्रालिको मात्र निवेदन परेको थियो । एउटा मात्र निवेदन परेपछि उक्त प्रालिलाई नै फोहरबाट ऊर्जा उत्पादन गर्ने दिने सम्झौता गरेको उपमहानगरपालिकाले जनाएको छ ।

 

घोराही उपमहानगरपालिकाका इञ्जिनीयर रामधन श्रेष्ठले कम्पनीसँग उपमहानगरपालिकाले २० वर्षका लागि सम्झौता गरेको बताउनुभयो । कम्पनीसँग सम्झौता भइसकेको र ऊर्जा उत्पादन गर्नका लागि अब संरचना निर्माण कार्य अघि बढ्ने छ ।

सम्झौतामा कम्तीमा रु १० करोडको लगानीमा फोहरबाट ऊर्जा उत्पादन हुने छ । त्यसको लागि राज्यले ४० प्रतिशत दिने र ६० प्रतिशत रकम आफैँ कम्पनीले लगानी गर्नुपर्ने छ । सम्झौताअनुसार कम्पनीले ग्यास प्लान्ट निर्माण र अन्य आवश्यक पूर्वाधारसमेत आफैँ निर्माण गर्नुपर्ने छ ।

उक्त कम्पनीसँग भएको सम्झौताअनुसार २० वर्षसम्म फोहरबाट ऊर्जा उत्पादन गर्नेछ । सम्झौता सकिएपछि कम्पनीले उपमहानगरपालिकालाई हस्तान्तरण गर्नुपर्ने नगरप्रमुख नरुलाल चौधरीले जानकारी दिनुभयो । छनोट भएको कम्पनीले गल्ने फोहरबाट ग्यास उत्पादन गरी बजार व्यवस्थापन पनि गर्ने छ । त्यसैगरी कम्पोष्ट मलसमेत उत्पादन गर्न सक्ने छ ।

अहिले संरचना निर्माणका हुने क्षेत्रको अध्ययन गरी प्रतिवेदनको समेत काम अन्तिम अवस्थामा पुगेको उपमहानगरपालिकाले जनाएको छ । फोहरबाट ऊर्जा उत्पादन गर्नका लागि आवश्यक पूर्वाधार निर्माणस्थलको अध्ययन गरी प्रतिवेदन निर्माणको कामसमेत अन्तिम अवस्थामा पुगेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्