राेल्पामा तरुण दल नगर अध्यक्षको गोली हानी हत्या



हाम्रो इकोनोमि

 

कांग्रेसको युवा संगठन तरुण दलका लिवाङ नगर अध्यक्ष रोहित पुनको हत्या भएको छ । सुवर्णावती गाउँपालिकाको सुलिचौरस्थित एक होटेलमा खाना खाइरहेका वेला आपसी विवाद हुँदा रोल्पा नगरपालिका धवाङका देवबहादुर घर्तीले पुनलाई गोली हानेको प्रहरीले जनाएको छ ।

घटनालगत्तै पुगेको प्रहरीसमक्ष घर्तीले आत्मसमर्पण गरेको प्रहरी नायब उपरीक्षक दीपक खड्काले बताए ।मृतक पुन व्यक्ति हत्या आरोपमा जेल बसेका व्यक्ति हुन् भने घर्तीको नाम झैझगडामा जोडिइरहने गरेको छ । पुन र घर्तीको विवादको कारण भने खुल्न सकेको छैन । घटनाको अनुसन्धान जारी रहेको खड्काले बताए ।

 

कांग्रेस केन्द्रको आपत्ति
कांग्रेसले पुनको हत्याप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । आपराधिक क्रियाकलाप रोक्न र हत्यारालाई कडा कारबाही गर्न कांग्रेसले सरकारसँग माग गरेको छ । तत्कालीन माओवादी केन्द्रका घर्तीमगरलगायतले गोली हानी पुनको हत्या गरेको भन्दै कांग्रेसले निन्दा र भत्र्सना गरेको छ ।

 

इलाका प्रहरी कार्यालय सुलिचौरबाट घटनास्थल १५ मिटरको दुरीमा रहे पनि हत्याराले गोली हान्दा प्रहरी मुकदर्शक भई बस्नु र तत्कालै हत्यारालाई पक्राउ गर्न तदारुकता नदेखाउनु अत्यन्त गम्भीर र दुःखद् रहेको कांग्रेसले विज्ञप्ति निकालेर जनाएको छ ।

 

कारबाही गर्न तरुण दलको माग
तरुण दल केन्द्रले पनि सत्ताको आडमा आफ्ना कार्यकर्ताको हत्या भएको दाबी गर्दै हत्यामा संलग्नलाई कडा कारबाही गर्न माग गरेको छ । महासचिव भूपेन्द्रजंग शाहीले आइतबार विज्ञप्ति जारी गर्दै सरकारको आडमा सत्ताधारी पार्टीका कार्यकर्ताले पुनको हत्या गरेको दाबी गरेका छन् ।

 

हत्याको कारण  राजनीतिक : कांग्रेस
कांग्रेस रोल्पाले हत्याको कारण राजनीतिक भएको दाबी गरेको छ । जिल्ला सभापति अमरसिंह पुनले हत्या गर्ने देवबहादुरले पहिल्यैदेखि पार्टीको आडमा गुन्डागर्दी गर्दै आएको आरोप लगाए ।

 

उनले भने, ‘चुनावकै वेला हाम्रा कार्यकर्तालाई पिट्ने, धम्क्याउने गरेपछि प्रहरीमा रिपोर्टसमेत गरेका थियौँ, तर प्रहरीले समेत संरक्षण गर्दै आएको छ ।’ तत्कालीन माओवादी केन्द्रनिकट वाइसिएलमा संलग्न घर्तीलाई राज्यले संरक्षण गरेर गुन्डागर्दीमा प्रोत्साहन गरेको उनले आरोप लगाए ।

 

राजनीतिक कारण  होइन : नेकपा
नेकपाका रोल्पा अध्यक्ष सुरेन्द्र थापाघर्तीले भने हत्याको कारण राजनीतिक नभएको बताए । ‘सत्य–तथ्य अझै बुझ्न बाँकी नै छ,’ उनले भने, ‘उनीहरू दुवै वेलावेला सुनिने नाम हुन्, यसलाई राजनीतिसँग जोड्न मिल्दैन ।’

 

राजनीतिक आस्था राखेकै आधारमा पार्टीको संरक्षण छ भन्नु मनासिब नहुने उनले बताए । आपराधिक क्रियाकलापमा संलग्न जो–कोहीलाई कारबाही गर्नुपर्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
१४ खर्ब ५ अर्ब राजश्व उठने अनुमान, ६ खर्ब ५७ अर्ब बजेट घाटा

    सरकारले आगामी आर्थिक वर्षका लागि ठूलो आकारको बजेट ल्याउँदा स्रोत अभाव...

लोककल्याणकारी विज्ञापनका लागि ३३ करोड रकम विनियोजन

    सरकारले लोककल्याणकारी विज्ञापनका लागि ३३ करोड रकम विनियोजन गरेको छ ।...

कुल २१ खर्ब २४ अर्ब ३४ करोडको बजेट सार्वजनिक

  सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि २१ खर्ब २४ अर्ब ३४...

कर्मचारीको तलब २१ प्रतिशत वृद्धि

  सरकारले कर्मचारीको  तलब करिब २१ प्रतिशतले वृद्धि गरेको छ । अर्थमन्त्री डा....