हिमालको पानी विदेशमा बेच्ने खानेपानी मन्त्री बिना मगरको त्यो सपना, दाहाल-मोदी भेटसँगै साकार हुँदै



हाम्रो इकोनोमि

 

सगरमाथाको पानीलाई मिनरल वाटरको रुपमा विश्वभरी लैजान सहकार्य गर्ने विषयमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सकारात्मक बनेपछि खानेपानी तथा सरसफाइ मन्त्री बीना मगरको सपना साकार हुने भएको छ ।

 

मन्त्री मगरले नेपालको हिमालको पानी विश्वबजारमा बेचेर नेपालले ठूलो आम्दानी गर्न सकिने सपनालाई योजनाका रुपमा अगाडि बढाइरहँदा नेकपा अध्यक्ष एवं पूर्व प्रधानमन्त्री दाहाल र भारतीय प्रधानमन्त्री मोदीको केहि मिनेटको छलफलले साकार बनाइदिने भएको हो ।

 

नेपाली जनतालाई खानेपानीको सेवा सुविधा पुर्याएपछि विदेशमा हिमालको पानी बेच्ने खानेपानी मन्त्री बिना मगरको सपना साकार हुने भएपछि सबैमा खुसी छाएको छ ।

 

खानेपानी मन्त्री मगरले पटक–पटक नेपालका हिमतालका पानी विदेशमा बेच्ने बताउँदै आउनुभएको थियो । तर सो विषयलाई कतीपयले सस्तो चर्चा भन्दै आलोचना गरेपनि अन्न्तत मन्त्री मगरको सपनाले मुक्तरुप लिने भएको हो ।

 

मन्त्री मगरको यो योजनालाई केहीले पूरा नहुने सपनाको रुपमा समेत व्याख्या गर्दै आएका थिए । अध्यक्ष प्रचण्डले शनिबार मोदीसँगको भेटका क्रममा नेपालको पानी बेच्ने सन्दर्भमा कुराकानी गर्नुभएको थियो ।

 

प्रचण्डको सचिवालयले भनेको छ, ‘एभरेष्टको पानीलाई मिनरल वाटरको रुपमा विश्वभरी लैजान सहकार्य गर्ने बारेमा पनि छलफल भयो ।’ सचिवालयले जनाएअनुसार प्रचण्डको प्रस्तावमा मोदी सकारात्मक हुनुहुन्छ। मन्त्री मगरको योजना अनुसार नै प्रचण्डले उक्त प्रस्ताव मोदीसँग राख्नुभएको हो ।

प्रतिक्रिया दिनुहोस
९९ केन्द्रीय सदस्यका लागि रास्वपाको ३८४ जना उम्मेदवार

    रास्वपाको केन्द्रीय सदस्यको लागि ३८४ जनाले उम्मेदवारी दिएका छन् । महाधिवेशन...

रास्वपा महाधिवेशन : भोट हाल्न एकजनालाई १० मिनेट लाग्ने

    रास्वपाका महामन्त्री कवीन्द्र बुर्लाकोटीले जारी महाधिवेशनमा मतदान सुरु हुन अझै दुई...

असार २० गतेसम्म कांग्रेसको क्रियाशील सदस्य नवीकरण गर्न पाईने

    नेपाली कांग्रेसले क्रियाशील सदस्यता व्यवस्थापन तथा अद्यावधिकको लागि नयाँ कार्यतालिका ल्याएको...

रास्वपाको सभापतिमा लामिछाने निर्विरोध, केन्द्रीय सदस्यमा चार सय बढीको उम्मेदवारी

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित भएका छन्...