काम गर्न नसक्ने मन्त्रीलाई कार्वाही हुन्छ : प्रचण्ड



 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारको सम्पूर्ण सहयोग हुँदा पनि काम गर्न नसक्ने मन्त्रीहरुलाई कार्वाही हुने बताएका छन् ।

 

तर, उनले कस्तो खालको कार्वाही भन्ने चाँहि खुलाएनन् । भारतको चार दिने भ्रमण सकेर आज स्वदेश फर्किएका अध्यक्ष दाहालले आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै तत्काल मन्त्रीहरु हेरफेर हुने अवस्था नरहेको स्पष्ट पारे ।

 

२४ भदौ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आइतबार स्वदेश फर्किएका छन् । उनी ४ दिने भारत भ्रमणपछि आइतबार स्वदेश फर्किएका हुन् ।

 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले भ्रमणका क्रममा पुराना सम्झौता कार्यान्वयको विषयमा छलफल भएको बताए । मन्त्री फेरबदलको चर्चा चलिरहेको प्रसङ्गमा गरिएको जिज्ञासामा दाहालले ‘प्रधानमन्त्रीजीले जे भन्नु भयो त्यही’ हुने बताए । ‘प्रधानमन्त्री ज्यूले जे भन्नु हुन्छ त्यहीं अधिकारिक हो’, उनले भने, ‘गल्ती गर्दा चाहिं मन्त्रीलाई कार्बाही हुन्छ ।’

 

दुई तिहाइ बहुमत प्राप्त सरकारको पक्षमा भूमिका खेल्न आफू भारत भ्रमणमा गएको बताउँदै दाहालले भने, ‘स्थिर सरकार र समृद्ध नेपाल भारतको पनि चाहना हो ।’ उनले भ्रमणका क्रममा यसअघि भएका सम्झौता कार्यान्वयका विषयमा समेत कुराकानी भएको बताए । ‘भ्रमण आर्थिक विषयमा पनि केन्द्रीत भयो’, उनले भने ।

 

उनले एक फरक प्रसङ्गमा आवश्यकता अनुसार पुरक बजेट आउन सक्ने पनि बताए । भारत भ्रमणका क्रममा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री राजनाथ सिंह, भारतीय विदेश मन्त्री सुष्मा स्वराजलगायतसँग भेटवार्ता गरेका थिए ।

 

सरकारले खारेज गर्‍यो ६० ठूला ठेकेदारको लाइसेन्स, यी हुन् खारेजीमा परेका ठेकेदार

 

निर्माण व्यवसायीहरुले पैसा भुक्तानी लिएर पनि आफूले पाएको ठेक्काको काममा लापर्वाही गरिरहेको गुनासो बढिरहेका बेला सरकारले ६० ठूला ठेकेदारको लाइसेन्स खारेज गरेको छ ।

 

म्यादभित्र इजाजत नविकरण नगरेपछि खारेज गरिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जानकारी दिएको छ । इजाजत खारेज भएका अधिकांश ठूला निर्माण व्यवसायी रहेको मन्त्रालयले जानकारी दिएको छ ।

 

मन्त्रालयका अनुसार मन्त्रालयले योङ शेर्पा कन्ट्रक्सन, एलपी एन्ड लामा कन्स्ट्रक्सन, सीएलएस कन्स्ट्रक्सन, मेगाटेक हाइड्रो एन्ड इन्फ्रास्टक्चर, एलिजा कन्स्ट्रक्सन, सगर कन्ट्रक्सन, थोङता कन्स्ट्रक्सन, काजिमा कन्स्ट्रक्सन, श्रृजन विल्डर्स, देउजा विल्डर्स, लक्ष्मी निर्माण सेवा रहेका छन् ।

मेगा बैंकको शेयर होल्डर बन्ने हो ? ३३ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

के तपाई मेगा बैंकको शेयर होल्डर बन्ने सोंचमा हुनुहुन्छ ? यदि त्यसो हो भने तपाई यो बैंकको संस्थापक शेयर होल्डर नै बन्ने मौका जुरेको छ ।

 

मेगा बैंकको संस्थापक शेयर बिक्री गर्दैछ । बैंकका ६ जना संस्थापकले ३२ हजार ९६६ कित्ता शेयर बिक्री गर्न लागेका हुन् ।

 

६ जना संस्थापकले शेयर बिक्री गर्न निवेदन दिएपछि बिक्रीको प्रक्रिया अघि बढाएको बैंकले जनाएको छ । बैंकका संस्थापक शेयरधनीले खरिद नगरे मात्र बाहिरका लागि बिक्री गरिने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्