दलित पार्टीको राष्ट्रिय भेला असोजमा हुने



हाम्रो इकोनोमि

 

नेपाल दलित पार्टीका अध्यक्ष मेखबहादुर कामीले पछिल्ला दिनमा जघण्य अपराधका घटना बढ्दै गए पनि त्यसलाई नियन्त्रण गर्न नसकेको आरोप लगाएका छन् । सो पार्टीले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी अध्यक्ष कामीले राज्यले नै जघण्य अपराधीलाई संरक्षण गरिरहेको आरोप लगाए ।

 

उनले उनले कञ्चनपुरकी निर्मला पन्त लगायतका अन्य बलात्कारपछि हत्यामा संलग्नहरुलाई तुरुन्त कारवाहीको दायरामा ल्याउन माग पनि गरे । अध्यक्ष कामीले नेपाल दलित पार्टीको आगामी राष्ट्रिय भेला आगामी असोज दोस्रो हप्ता हुने जानकारी दिए । उनले आगामी असोजको १६, १७ र १८ गते कास्कीको पोखरामा राष्ट्रिय भेला गरिने जानकारी दिए । सो भेलामा आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्ने उनले बताए ।

 

सो पत्रकार सम्मेलनमा अध्यक्ष कामले पार्टीले आगामी राष्ट्रिय भेलापछि नयाँ रुप लिने दावी गरे । उनले राष्ट्रिय भेलाको सबै तयारी पूरा भइसकेको जानकारी दिए । सो पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञपतीमा कैलालीकी माया विक र कञ्चनपुरकी निर्मला पन्तको हत्यामा संलग्नलाई जन्म कैदको माग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...

ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित

  ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल फाइनान्स’ द्वारा प्रदान...

सर्बियामा विद्यार्थी आन्दोलनको जित

    सर्बियाका दक्षिणपन्थी नेता तथा पूर्व राष्ट्रपति आलेक्जान्दर बुचिचको १४ वर्ष लामो...

आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...