मन्त्री हेरफेरबारे नेकपाका दुई अध्यक्षबिच भनाभन, अलमलमा मन्त्रीहरू



 

केही दिनयता सरकारले मन्त्रिमण्डलमा हेरफेर गर्दैछ भन्ने चर्चा चलिरहेको छ । यो चर्चा चलिरहेकै बेला नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि मन्त्रिहरुको हेरफेर हुनसक्ने संकेत गरेका थिए । तर, उनले मन्त्रीहरु फेर्नसकिने संकेत गरेको हप्तादिन नबित्दै नेकपाकै अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले सरकार फेरिने हल्ला गलत भएको बताए ।

सार्वजनिक मञ्चमा प्राय एउटै प्रकृतिका अभिव्यक्ति दिएपनि यस साता नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच यसपटक कुरा बाझिएको छ ।

 

सरकार पुर्नगठन र मन्त्रीहरुको हेरफेरबारे अध्यक्षद्यबीच कुरा बाझिएको हो । सरकारले अपेक्षित गति लिन नसकिरहेको र मन्त्रीहरुको कामप्रति स्वयं सत्तारुढ दलकै शीर्ष नेताहरु असन्तुष्ट रहेको भनिएको समयमा अध्यक्षद्वयको कुरा बाुझएको हो ।

 

भारत भ्रमणमा जानुपूर्व आफ्नै निवासमा पत्रकारहरुसंग कुरागर्दै अध्यक्ष प्रचण्डले जनताको पक्षमा बोल्ड डिसिजन लिन आवस्यक परे मन्त्रीहरुको फेरबदल हुनसक्ने संकेत गरेका थिए ।

 

‘सरकारको कामकारवाहीको समीक्षा शुरु भएको छ, यतिबलियो सरकारलाई पनि सर्वसाधारणले विगतको जस्तै भन्न थाले’ प्रचण्डले भनेका थिए,‘जनताको पक्षमा काम गर्न मन्त्रीहरुको फेरबदल हुनसक्छ । पार्टी, जनता र आन्दोलन भन्दा व्यक्ति ठूलो हुँदैन ।’

 

प्रचण्ड दिल्लीमा रहेको समयमा नेकपाका अर्का अध्यक्ष एवं सरकारका नेतृत्वकर्ता प्रधानमन्त्री ओलीले मन्त्रीहरुको फेरबदल नहुने स्पष्ट गरेका छन् ।

 

‘तत्काल मन्त्रिमण्डल परिवर्तन हुँदैन, जनताको पक्षमा उत्साही भएर काम गर्नुस्’ शनिवार काठमाडौंमा आयोजित कार्यक्रममा ओलीले भनेका थिए । केही मन्त्रीहरुतर्फ फर्किएर उनले उत्साही भएर काम गर्न सुझाव दिएका थिए ।

 

ओलीले सरकारलाई अस्थिर बनाउन चाहानाले मन्त्री फेरबदलको हल्ला फैलाइएको भन्दै निर्धक्क भएर काम गर्न सुझाव दिएका थिए । ‘दुई अध्यक्षको परस्पर विरोधी अभिव्यक्तीले भ्रम सिर्जना.गर्ने काम गरेको छ’ नेकपामा एक नेता भन्छन् ।

 

त्रासमा मन्त्रीहरु !

अघिल्लो साता प्रधानमन्त्री निवास बालुवाटारमा सम्पादकहरुसँगको कुराकानीमा प्रधामनन्त्री ओलीले गलत काम गर्ने मन्त्रीलाई हेरेर नबन्ने बताएका थिए । सम्पादकहरुले विदेश हिडेका पूर्व लडाकु लेलिन विष्टलाई विमानस्थलबाट फर्काइएको बारे जिज्ञासा राखेपछि ओलीले गृहमन्त्री बादलसंग स्पष्टीकरण लिएको चर्चा आएको थियो ।

 

यसअघि मन्त्री परिवर्तनको हल्ला मात्र चलेपनि पार्टी अध्यक्ष प्रचण्डले समेत मन्त्रीहरुको हेरफेर हुन सक्ने अभिव्यक्ति दिएपछि मन्त्रीहरु त्रासमा देखिएका थिए । जनतासंग प्रत्यक्ष सरोकार राख्ने मन्त्रीहरुले सोचे अनुसार काम गर्न नसकेको गुनासो भइरहेको छ ।

 

प्रचण्डको अभिव्यक्तिले मन्त्रीहरुमा खैलाबैला उत्पन्न गराएको थियो । प्रधानमन्त्रीको सोमबारको अभिव्यक्तिबाट मन्त्रीहरुमा केही राहात देखिएको छ ।

 

शनिवार नै गोरखामा आयोजित एक कार्यक्रममा सरकारका प्रभावशाली मन्त्री रामबहादुर थापा बादलले मन्त्रीको फेरबदल नहुने बताएका थिए । उनले मन्त्री परिवर्तनबारे क्याविनेटमा कुनै कुरा नउठेको बताएका थिए ।

 

प्रचण्ड आइतवार दिल्लीबाट फर्केपछि सरकारको काम कारवाहीको बिषयमा थप समीक्षा हुने नेकपा स्रोत बताउँछ । प्रचण्डको दिल्ली भ्रमण र मन्त्रीहरुको फेरबदलमा कुनै साइनो भने छैन् ।

 

सरकारको कामप्रति खासै सन्तुष्ट नदेखिएका प्रचण्डले प्रधानमन्त्री ओलीसंग थप छलफल गर्ने यसअघि नै बताइसकेका छन् । प्रधामनन्त्री ओलीले मन्त्री र सचिवहरुलाई राखेर जनतामा परिवर्तनको आभास हुनेगरी काम गर्न निर्देशन दिएपनि अपेक्षित काम हुन नसकेको भन्दै नेकपाकै नेताहरु असन्तुष्ट देखिएका छन् ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्